Breaking News

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस मापन

काठमाडौँ– काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन गरिएको छ ।

काठमाडौंको बिहानको तापक्रम ७ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमडौंको तापक्रम सोमबार ८ डिग्री सेल्सियस मापन गरिएको थियो । मंगलबार तापक्रम १ डिग्री घटेको हो । राति मौसम सफा हुँदा जमीन चिसो हुने भएकाले तापक्रम घट्ने गर्दछ ।

आज पूर्वी पहाडी क्षेत्रको मौसम दिउँसोपछि आशिंक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने महाशाखाको अनुमान छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु