श्रद्धाञ्जलीका लागि पद्मरत्न तुलाधरको पार्थिव शरीर निवासमा (तस्बिर)

श्रद्धाञ्जलीका लागि पद्मरत्न तुलाधरको पार्थिव शरीर निवासमा (तस्बिर)

काठमाडौं– मष्तिस्कघातबाट आइतबार निधन भएका लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि निवासमा राखिएको छ ।

उनलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न दलका नेता, सांसद, मानवअधिकारकर्मी तथा आफन्त लाजिम्पाटस्थित निवासमा पुगेका छन् ।

उनको आजै शोभाभगवतीमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ ।

मानवअधिकार अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था विरुद्धमा आवाज उठाएका थिए ।

मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधरले तत्कालिन माओवादी र सरकारबीचको वार्ताका क्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु