“प्रदेशको मुहार फेर्ने सङ्कल्प पुरा गरेरै छोड्ने छौ”– मुख्यमन्त्री पौडेल

काठमाडौं– स्थानिय संसदिय दल नेपाल कम्युनिष्ट पार्टी नेकपा गोकर्णेश्वर नगरपालिकाले शेर्पा पार्टी प्यालेसमा तिहार, छठ पर्व र नेपाल संम्बत ११३९ को अवसरमा चियापान समारोहको आयोजना गरेको छ ।

कार्यक्रममा  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रतिनिधि सभा सदस्य कृष्ण राई, प्रदेश नं ३ का प्रदेश सभा सदस्य रामेश्वर फुयाँल, बौद्धका डिएसपी नरेन्द्र चन्द उपस्थीत रहेका छन् भने कार्यक्रम गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष एवं संसदिय दल गोकर्णेश्वरका संयोजक श्री कुमार श्रेष्ठको समापतित्वमा सम्पन्न भएको हो ।

प्रदेश नं ३ का मुख्यमन्त्रीले शुभकामना दिदै प्रदेशको मुहार फेर्ने सङ्कल्प पुरा गरेरै छोड्ने बताएका छन् । उनले सबैतिर कम्युनिष्टको सरकार भएकाले यतीबेला केही गर्न सकेन भने भोली परिर्वतनको आश गर्न नसकिने बताएका छन् । उनले नेपाल समृद्ध हुने विश्वास व्यक्त समेत गरेका छन् ।

प्रतिनिधि सभा सदस्य कृष्ण राईले कार्यक्रममा बोल्दै बर्षदिनमा भएका भेदभाब र बैमनस्यतालाई हटाएर एकजुट भएर बस्न सिकाएको पर्व तिहार भएको बताउदै आउदै गरेको पर्वलाई पनि एकमुस्ट रुपमा शुभकामना व्यक्त गरेका छन् । उनले कार्यक्रममा कुनैपनि किसिमको तामाझाम नगरी बिकृती फैलाउने कार्यलाई पर राख्दै चाडपर्व सभ्य ढङ्गमा मनाउन आग्रहसमेत गरेका छन् ।

प्रदेश सभा सदस्य रामेश्वर फुँयालले नेपालमा एकैपटक सम्पन्न भएका ३ वटा चुनावले बनाएको ३ वटै सरकारले थाहा पाउनेगरी कार्य गर्ने र यो हिउँद विकासको मूल फुट्ने ढङ्गले विकासु गर्ने बताएका छन् । चाबहिलदेखी साँखुसम्मको सडकको प्रसङ्ग उठाउदै यस बर्ष जनताले अनुभुती हुनेगरी कार्य गरेर देखाउने दृढता व्यक्त गरेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु