ग्यास बाल्ने क्रममा आगलागी हुँदा जलेर तीनजना घाइते

ग्यास बाल्ने क्रममा आगलागी हुँदा जलेर तीनजना घाइते

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगलागी हुँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा शुकदेवकी श्रीमती ५० वर्षीया हरिमाया, उनका भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् ।

घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु