Breaking News

सेवाग्राहीको चाप बढेको कारण श्रम कार्यालय शनिवार पनि खुला गरिने

काठमाडौं– सेवाग्राहीको चाप बढेपछि वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राही अत्याधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति दिन लागेको हो ।

शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ । कार्यालयले वैदेशिक रोजगारमा जाने नेपालीका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु