Breaking News

वौद्ध प्रहरीको अप्रेसन :३० हजार लिटर भन्दा बढि मदिरा नष्ट(फोटो फिचर)

काठमाडौं – महानगरीय प्रहरीवृत वौद्धका डिएसपी नरेन्द्र चन्दको नेतृत्वमा कामनपा वडा न. ६ का विभिन्न ठाँउमा प्रहरीले छापा मारेको छ।

कामनपा ६ स्थिती नागेश्वर गल्ली र गोकर्णेवर नगरपालिका वडा नं ६ बाउनधाराबाट ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरेको हो ।यि श्रेत्रमा विगत देखि नै मदिरा बनाउने गरेको सुचना प्रहरीलाई आएको थियो। त्यसै सुचना र जानकारी आधारमा वौद्ध प्रहरी स्थानिय जन प्रतिनिधि , राजश्व विभागका कर्मचारी सहितको टोलीले छापा मार्दा मदिरा बनाउने सामाग्री र मदिरालाई चाहिने कच्चा पदार्थ ठुलो मात्रामा भेटिएको हो।

वौद्ध प्रहरी निरिक्षक माधव चौधरीका अनुसार उक्त ठाँउहरुबाट करीव ३० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ भेटिएको र सम्पुर्ण नष्ट गरीएको जानकारी दिएका छन् । निरिक्षक चौधरीका अनुसार ड्रम १४९ थान,सिलिन्डर १५ थान, चुलो १० थान , र तयारी मदिरा ७ हजार ७ सय ८० लिटर बरामद गरेको हो ।

यी ठाँउहरुबाट मदिरामा प्रयोग हुने कच्चा पदार्थ पुर्ण रुपमा अखाद्य भएको पाईएको निरिक्षक चौधरीले जानकारी दिए ।

निरिक्षक चौधरीका अनुसार मदिरा बनाउन राखिएका कच्चा पदार्थमा पलास्टीक,अखाद्य वस्तुहरु संखर,कुहीएको चामल,कोदो गहु,मर्चा,कुहिएका पराल,फोहर साग सब्जीका डाढहरु लगाएत भेटिएको बताएका छन् ।

मदिरा बनाउन बाहिर बाट देख्दा सामान्य ठुला ठालुकै बंगला जस्तो घर देखिने तर तिनै घरको छतमा टहराहाली मदिरा बनाउने गरेको समेत भेटिएको छ ।त्यस्तै काठको फर्निचरमा समेत गोप्य कोठा बनाई मदिरा उत्पादन गर्ने थलो बनाएको भेटिएको छ । यसरी ठुलो मात्रामा अवैध मदिरा भेटिनुले विगत दिनमा त्यसको बजार व्यवस्थापनमा कसरी भएको थियो होला भन्ने प्रश्नले प्रधानता पाएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु