“अपराधजन्य कार्य नियन्त्रणमा प्रतिवद्ध रहेको छु”– टोखाका मेयर अधिकारी

काठमाडौं– टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले अपराध गर्ने व्यक्तिलाई संरक्षण गर्ने परिपाटीका कारण समाजमा अपराध बढेको भन्दै त्यस्ता अपराधजन्य कार्य नियन्त्रणमा आफु प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल प्रहरीले हालै सार्वजनिक गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम समझदारी पत्रमा हस्ताक्षर गर्दै अपराधजन्य कार्य नियन्त्रणमा आफु प्रतिवद्ध रहेको बताएका हुन् । उनले नेपाल प्रहरीका काम कारवाहीलाई थप प्रभावकारी बनाउन साझेदारी अवधारणा ल्याएको भन्दै यसको सफलता नेपाल प्रहरी र समुदायको समेत सफलता रहेको बताए ।

मेयर अधिकारीले अपराधिक मनोबल भएका व्यक्तिलाई आफूले कहिल्यै पनि साथ दिन नसक्ने भन्दै टोखा नगरपालिका नेपाल प्रहरीले शूरुवात गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रति सकरात्मक रहेको प्रतिक्रिया दिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामा र टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरेपछि वरिष्ठ प्रहरी उपरीक्षक लामाले प्रहरीको एक्लो प्रयासले समाजमा हुने अपराधलाई नियन्त्रण गर्न नसक्ने भन्दै यसमा सवैले सहयोग गर्न आवश्यक रहेको बताए ।

यसैबीच, टोखा नगरपालिका वडा नम्वर ११ का अध्यक्ष उत्तम अधिकारीको नेतृत्वमा पुगेको एक टोलीले मेयर अधिकारीलाई नगरपालिकाको विशेष नगरसभा बैठक बोलाउन आह्वान गरेको छ । हरेका आर्थिक बर्ष कम्तिमा तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने भएपनि नभएको र सार्वजनिक सम्पतिको व्यापक अतिक्रमण हुदा समेत नगरपालिका मौन रहेको भन्दै मेयरलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नगरपालिकाका २१ सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु