Breaking News

नेकपा संसदीय दल गोकर्णेश्वरले शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्ने

काठमाडौं –  नेकपा संसदीय दल गोकर्णेश्वर नगरपालीकाको आयोजनामा यहि कार्तीक १७ गते शुभदिपावली,नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेकपा संसदीय दल गोकर्णेश्वरले प्रदेश न.३ का मुख्य मन्त्री डोरमणि पौंडेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गर्ने भएको हो ।

गोकर्णेश्वर नगरपालीका वडा न. ६ स्थिती शेर्पा पार्टी प्यालेसमा(चामुन्डा मन्दिर नजिकै) दिउसो २ बजे देखी अपरान्ह ५ बजे सम्म शुभकामना तथा चियापान कार्यक्रम तय गरेको हो ।

नेकपा संसदीय दल गोकर्णेश्वरले सम्पुर्ण नेता कार्यक्रता र आम जनतालाई शुभकामना तथा चियापान कार्यक्रममा सरिक भई दिन समेत अनुरोध गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु