सांसद फुयालद्धारा कागेश्वरी मन्दीर आसपासको क्षेत्रमा विक्षारोपण

काठमाडौँ  – कागेश्वरी मनोहरा नगरपालिका वडा न. १ कागेश्वरी मन्दीर आसपासको क्षेत्रमा विक्षारोपण गरीएको छ ।

प्रदेश सभा सदस्य रामेशवर फुयालले ले उक्त क्षेत्रमा विक्षारोपण गरेका हुन । सांसद फुयालले वर, पिपल,समी ,आँप र तुलसीका वोट विरुवाहरु रोपेका हुन ।

उनले आफु  भन्दा ठुला विरुवा रोप्ने अभियान अन्तर्गत  सो स्थान वरिपरी विक्षारोपण गरेका हुन  । सांसद फुयालले वोट विरुवा रोप्नाले प्रकृती हराभरा मात्र नभई  जगलमै प्रकृतीको सुन्दरताले समेत नेपालको नाम चिनाउन सकिने भन्दै यस कार्यले पर्यटकको आगमनको लागी समेत महत्व राख्ने विश्वास व्याक्त गरेका छन् ।

सांसद फुयालले कागेश्वरी मन्दीरलाई कागेश्वरी धाम बनाउने लक्ष्य समेत रहेको बताएका छन  ।उनले मन्दीरलाई धामको रुपमा परिणत गर्न अन्तराष्ट्रिय पशुपती परिपथ समेत बनाउने बताएका छन  ।

सांसद फुयालले कागेश्वरी नगरपालिका भित्र रहेका धार्मीक तथा पर्यटकिय स्थललाई स्तरउन्नोती गर्दै पवित्र धार्मीक थलोको रुपमा अगाडी बढाईने समेत बताए । उनले अन्तराष्ट्रिय वुद्ध परिपथ र पशुपती परिपथ बनाउन सकिएमा १० बर्षमा ५० लाँख रोजगारी सृजना गर्नं सकिने बताएका छन  ।

कागेश्वरी नगरपालीका वडा न. १ का वडा अध्यक्ष मुकुन्द गजुरेल, स्थानीयबासी लगाएत को उपस्थितीमा विक्षारोपण कार्यक्रम भएको थियो ।

सोही दिन फुयालले शंखरापुर नगरपालीका वडा न. ३  जरसिंह पौवा स्थिती घुन्सा स्मृती पार्कको सेल्फी डाँडामा ३१ औं हजार राष्ट्रिय झन्डा गाडेका छन  ।


सांसद फुयालले घरघरमा राष्ट्रिय झन्डा अभियान अन्तर्गत  उक्त स्थानमा ३१ औं हजारका रुपमा उक्त झन्डा गाडेका हुन । उनीे उक्त पार्क आसपासका क्षेत्रको सरसफाई कार्यक्रममा समेत सहभागी भएका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु