Breaking News

‘अम हुँग गिल ह्युमन फउन्डेशन’द्वारा निर्मित विद्यालय भवन नेकपा नेता नेपालद्वारा शिलान्यास

काठमाडौं –  शंखरापुर नगरपालिका वडा नं.३ स्थित संचालित कालिका शरण मा.वि.को १० कोठे विद्यालय भवन, १४ कोठे छात्रावास भवन, १ सामुदायिक भवन तथा शौचालयको शिलान्यास पूर्व प्रधान मन्त्री माधव कुमार नेपाल, दक्षिण कोरिया छल्ला नाम प्रान्ताका शिक्षा प्रमूख ‘छाङ सक उङ् हुँ’ तथा ‘अम हुँग गिल ह्युमन’ फउन्डेशन का कार्यकारी निर्देशक ‘अम होंङ गिल’ को उपस्थितिमा एक भव्य समारोहको विच सम्पन्न भएको छ ।

कुल ४ करोड ३० लाख रुपैंया लागत रहने उक्त परियोजना दक्षिण कोरियाको छल्ला नाम प्रान्तका विद्यार्थी, शिक्षक तथा स्थानिय अभिभावकहरु ले चन्दा संकलन गरि निर्माण गर्न लागिएको एक प्रेस बिज्ञप्तीमार्फत जानकारी गराइएको छ । उक्त दाता विद्यार्थी तथा शिक्षकहरु मध्ये कुल ९५ दक्षिण कोरियाली नागरिकहरुको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।

यस परियोजनाको दाता रहेको ‘अम हुँग गिल ह्युमन फउन्डेशन’ ले विगत एक दशकमा नेपालका विभिन्न क्षेत्रहरुमा १४ विद्यालय निर्माण सम्पन्न गरिसकेको छ भने १ निर्माणधिन र २ निर्माण तयारीमा रहेका छन् ।

कार्यक्रममा बोल्दै दक्षिण कोरियालीहरु नागरिकहरु संग कडा परिश्रम तथा संस्कृति हामी नेपालीहरुले पनि सिक्न लायक रहेको बताएका छन् । साथै उक्त समारोहमा कालिका शरण मा. वि. को दिर्घकालिन विकासको लागि छल्ला नाम प्रान्ता शिक्षा कार्यालय, ‘अम हुँग गिल ह्युमन फउन्डेशन’, शंखरापुर नगरपालिका र कालिका शरण मा. वि. संचालन सहयोग सम्बन्धी समाझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

कार्यक्रम प्रदेश सभा सदस्य रामेश्वर फुयाल , शंखरापुर नगरपालीका उपमेयर शुक्र लक्ष्मी श्रेष्ठ, पुर्व शिक्षमन्त्री लगाएतको उपस्थिती रहेकोे थियो ।

साथै उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रामेश्वर फुयालले विद्यालयलाई आँप,अवोगाडो र तुल्सीका विरुवा हस्तान्तरण गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु