बिच सडक ग्रावेल छेउछाउ भने खाल्डाखुल्डी र ढलका भ्वाङ कस्तो विकास ?

काठमाडौँ  – सडकको दुरावस्थालाई लक्ष्ति गरदै सामाजिक संजालमा विरोधका शब्दहरु देखा पर्न थालेका छन । गोकर्णेश्वर नगरपालिका वडा न.५ जोरपाटी आरोला पिस बैंकट स्थित सडकको अवस्थालाई देखाउदै आफ्नो सामाजिक संजालमा स्थानियले विरोध जनाएका छन् ।

सडकको  छेउछाउमा  यत्रतत्र खाल्डा र ढलका भ्वाङहरुले गर्दा विभिन्न दुर्घटना हुन सक्ने साथै त्यस्ता खाल्डामा परेर अप्रिय घटना हुन सक्ने भन्दै स्थानियले चिन्ता व्याक्त गरेका छन् ।

स्थानियका अनुसार उक्त सडकमा यस्तो अवस्था रहेको करिव २ महिना विति सक्दा समेत ढल र खाल्डा खुल्डीको व्यवस्थापन भने नभएको स्थानियको गुनासो छ ।स्थानियका अनुसार वडा कार्यलयलाई पटक पटक यस्ता खाल्डा र ढल निमार्ण कार्य छिटो सम्पन गर्न गुहारे पनि वडा कार्यलय र नगरपालिकाको वेवास्ता कारण यस्तो अवस्था रहेको बताएका छन् ।यस्ता बेवास्ता र लापर्बाहीपनले  ठुला दुर्घटना निम्तन  सक्ने औल्याउदैं  त्यसको जिम्मा कसले लिने भन्दै आक्रोस व्याक्त गरेका छन ।

रमेश खतिवडा ले लेखेका छन् ।काठमाडौंमै यस्तै सडकमा धरापमा परेर ४ जनाले ज्यान गुमाई सकेका छन् । तलको तस्विमा देखिएको धराप थापेको पनि २ महिनाको हाराहारी हुन लाग्यो जोरपाटी ओरालो पिस बैंकट अगाडी माननिय ज्यूहरु बनिसकेको सडकतिरको फोटो अपलोड गरेर काम भएको देखाउनु हुन्छ यता तिर ध्यान छैन् ।सायदकेहि अप्रिय घटना नभएको भएर होला यस्तो वेवास्ता!

वडा समाचारहरु

सम्बन्धित समाचारहरु