गोकर्णेश्वर नगरपालीका वडा न. ९ ‘नेकपा’ वडा कमीटीको आयोजनामा चीयापान तथा दशैं समापन कार्यक्रम

''सरकार र ठेगदार बिच केही कुरा लुकेको ''

काठमाडौँ  – गोकर्णेश्वर नगरपालीका वडा न. ९ नेकपा वडा कमीटीको आयोजनामा चीयापान तथा दशैं समापन कार्यक्रम भएको  छ ।

गोकर्णेश्वर नगरपालीका  वडा न. ९ ‘चालीसे गाँउ’ स्थीत ग्रिन तारा चाईल्ड हेभन स्कुलको सभाहलमा दशैंको समापान तथा चियापान कार्यक्रम भएको  हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण राईले देशलाई समृद्ध बनाउन सबै एकजुट भएर अगाडी बढ्नु पर्ने बताएका छन् ।

उनले बिकास निमार्णका कार्यक्रममा पार्टीकरण र व्याक्ती बादी नभई जनता र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर अगााडी बढिरहेको दावी गरे ।सांसद राईले काठमाडौं श्रेत्र न. ३ मा भएका बिकासका कामहरु लाई केही साथीहरुले आफुले मात्र गरेको भन्दै भ्रम फैलाउन खोजेको भन्दै त्यसको विरोघ गरेका छन । उनले आफुलाई विकास विरोधी भएको भन्दै अपवाह फैलाउदै हिडेको भन्दै त्यस्ता गलत प्रचारको प्रतिवाद स्थानिय जनताले नै दिने दावी गरे ।

उनले जोरपाटी सुन्दरीजल सडक खण्डलाई बन्न नदिन हिजो मुद्धा हाल्न आफै जाने र अहिले कृष्ण राईले गर्दा सडक बनेन भन्दै भा्रमक प्रचारमा लाग्नुको कुनै तुक नभएको बताएका छन् ।उनले सबै धर्म र पर्वहरुको एक अर्कोको सम्मान गर्दै धार्मीक एव्म सांस्कृतीक सहिष्णतामा समेत यस कार्यक्रमले महत्व राखेको बताएका छन्।राईले सबै जात र धर्मको पर्वलाई सम्मान गरी मनाउन समेत आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद रामेश्वर फुयालले आफुहरु समृद्धी र विकासको बाटोमा अगाडी बढेको बताए । उनले सुन्दरी जल जोरपाटि  सडको अवस्था छिट्टै समाधान गरीने समेत बताए । सांसद फुयालले आफनो पार्टी पंङ्तीलाई निर्देशन दिदै आफुले के पाए भन्दा पनि देशले के पायो र के दियौं त्यसतर्फ आफुहरुले ध्यान दिन समेत आग्रह गरे । उनले प्रदेश सरकारले विकास निमार्णका कार्यमा जनता सँगै हातेमालो गरेर आफुहरु अगाडी बढिरहेको बताए ।

सोही कार्यक्रममा गोकर्णेश्वर नगरपालीका उपप्रमुख शान्ती नेपालले बिकास निमार्णका काम गर्दा केहि अफठ्यारा बाटाहरु आएको र त्यस्ता बाटहरु लाई पन्छ्याउदै नगरपालीका अगाडी बढेको बताईन ।सुन्दरीजल जोरपार्टी सडक खण्डको दुरावस्थामा केन्द्रीय सरकार चुप लागेर बसेको भन्दै सरकारको आलोचना गरिन ।नेपालले उक्त सडकखण्ड केन्द्रीय सरकारको मातहतमा रहेकोले नगरपालीकाको अधिकार श्रेत्रभित्र नपर्ने भएतापनि नगरले नगरकै बजेटमा खाल्डा खुल्डी पुर्ने काम गरेको बताईन ।

उपप्रमुख नेपालले उक्त सडकको बारेमा सरकारको ढोका ढकढकाउन धेरै चोटी गएको दाबी गरदै केन्द्रिय सरकार र ठेगदार बिच केही कुरा लुकेको समेत आशंका व्यक्त गरिन । उनले गोकर्णेश्वर नगरपालीका भित्र पर्ने विकास निमार्णका कार्यमा नगरपालीका सधै जनताकै साथमा रहेको समेत दाबी गरिन ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालीकाका प्रमुख सन्तोष चालीसे ,वरिष्ठ पत्रकार विजय चालीसे ,प्याब्सन काठमाडौँ  जिल्ला अध्यक्ष हरी कृष्ण श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सभापतित्व गोकर्णेश्वर नगरपालीका वडा नं ९ नेकपा वडा कमिटी अध्यक्ष शिवप्रसाद पौड्यालले गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु