संगीतकार अनु मलिकमाथी यौन दुर्व्यवहारको आरोप,‘इन्डियन आइडल’ बाट हटे मलिक

''अनुले मेरो अगाडि पाइन्ट उतारे''

संगीतकार अनु मलिकमाथी यौन दुर्व्यवहारको आरोप,‘इन्डियन आइडल’ बाट हटे मलिक

एजेन्सी  –  चार गायिकाले यौन उत्पीडनको आरोप लगाएपछि संगीतकार अनु मलिक सोनी एन्टरटेन्मेन्ट च्यानलमा प्रशारित हुने ट्यालेन्ट हन्ट शो इन्डियन आइडलको १० औँ सिजनबाट हट्ने भएका छन् ।

एक बयानमा मलिकले बताएका छन् कि उनले कार्यक्रमबाट हट्ने फैसला गरेका छन् किनभने उनी आफ्नो काममा ध्यान दिन पाइरहेका छैनन् ।

उनी सन् २००४ देखि इन्डियन आइडलको जज प्यानलमा रहँदै आएका छन् ।

मलिकले भनेका छन्, ‘म, अनु मलिक, ले इन्डियन आइडलबाट ब्रेक लिने फैसला गरेको छु किनभने म आफ्नो काममा ध्यान केन्द्रीत गर्न पाइरहेको छैन । च्यानल पनि यो कदमबाट राजी रहेको छ । धन्यवाद ।’

सोनी टिभीले उनलाई इन्डियन आइडल–१० को जजबाट हटाउने तयारी गरेको समाचारका बीच यो बयान आएको हो ।

सोनी एन्टरटेनमेन्ट टेलिभिजनबाट जारी गरेको बयानमा यस कुराको पुष्टि गरिएको छ ।

टिभी च्यानलले जारी गरेको विज्ञप्तिमा अन्य दुई जज विशाल डडलानी र गायिका नेहा कक्कडलाई साथ दिन अर्को जजको खोजी भइरहेको बताइएको छ ।

अनु मलिकमाथि गायिका सोना मोहपात्रा र श्वेता पण्डित तथा दुई नयाँ गायिकाले यौन उत्पीडनको आरोप लगाएका छन् ।

यता, मलिकका एक वकिलले ‘मीटू’ अभियानलाई उनको चरित्र हत्या गर्न प्रयोग गरिएको दाबी गरेका छन् । मलिकले लगातार आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आइरहेका छन् ।

अनुले मेरो अगाडि पाइन्ट उतारे

गायनमा आफ्नो करियर बनाउन संघर्षरत यी महिलाले बयानमा भनेकी छिन् –सन् १९९० को दौरान अनु मलिकलाई म उनको घरमा भेट्न गएको थिएँ ।

उनी सोफामा मेरो छेउमा आएर बसे । त्यतिबेला मलाई लाग्यो, फँसे । किनभने घरमा अरु कोही पनि थिएन ।

उनले मेरो स्कर्ट उठाउन शुरु गरे र आफ्नो पाइन्ट उतारे ।मैले उनलाई धक्का दिएर भाग्ने सोँचे तर उनी निकै ताकतवर थिए । म त्यो गर्न सक्दिन थिएँ ।

तर, भाग्यवस त्यतिबेला डोरबेल बज्यो । अनु मलिकले मलाई यो कुरा कसैलाई नभन्न भने ।

त्यसपछि घर पुर्याउने दौरान पनि अनुले ममाथि यौन दुर्व्यवहार गरे ।राती साढे आठ बजेतिर उनले सुनसान मैदानमा कार रोके ।

मैले उनलाई ‘तपाईंले यो कहाँ लिएर आउनु भयो ?’ भनेर सोधे ।

तर, उनले आफ्नो पाइन्टको जीप खोले ।

‘मलाई जान दिनुहोस्’ भन्दा पनि उनले मेरो कपाल पक्डेर ममाथि दुर्व्यवहार गरे ।त्यतिनै बेला त्यहाँ गार्ड आइपुग्यो । र, म ढोका खोलेर भागे ।

अनुले जबर्जस्ती अंगालो हाले

एक अन्य महिलाले आफूसँग घटेको घटना सुनाउँदै भनेकी छिन् –म अनु मलिकसँग एक स्टुडियोमा भेटेकी थिएँ ।उनले मलाई अर्को बैठकमा शिफनको साडी लगाएर आउन भने ।उनले यस दौरान मलाई मेरो ब्वाईफ्रेन्ड नभएको कारण एक्लो महसुस गर्ने गरेको होला भनेर सोधे ।म त्यहाँबाट जान लाग्दा उनले मलाई जबर्जस्ती अंगालो हाले ।

स्टुडियो साउन्ड प्रुफ भएको कारण मैले कराए पनि कसैले सुन्दैन थियो ।जब मैले उनलाई धकेलेर ‘के गर्नुभएको यस्तो ?’ भनेर प्रश्न गर्दा उनले आफू संवेदनशील व्यक्ति भएको र आफ्नो पत्नीबाट सुखी रहेको कुरा सुनाए ।

यसैबीच, इन्डियन आइडलको निर्माता कम्पनीका एक पूर्व कर्मचारीले पनि अनुमाथि यस्तै आरोप लगाएकी छिन् ।

न्युयोर्कमा रहेर काम गर्ने ड्यानिका डिसुजाले इन्डियन आइडलको सेटमा नै आफूमाथि यौनदुर्व्यवहार गर्ने गरेको दाबी गरेकी छिन् ।

अनुको यस्तो हर्कतको बारेमा इन्डियन आइडलका शीर्ष तहलाई थाहा भए पनि उनीहरुले मौनता साँधेको पनि उनले आरोप लगाएकी छिन् ।

सन् २०१० मा इन्डियन आइडलसँग आबद्ध भएकी उनले करिब डेढ वर्ष त्यहाँ काम गरेकी थिइन् ।

 

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु