नेवि संघ महामन्त्री काफ्ले नौं दिने ब्रतमा

काठमाडौं  –  दशैं आम नेपालीहरुले धुमधामका साथ मनाइरहँदा नेपाल विद्यार्थी संघका नेताको नवदुर्गाको भक्तिभाव अहिले विद्यार्थीहरुबीचमा चर्चामा छ ।

युवाहरुमाझ दशैं भन्ने वित्तिकै आफन्तजन भेटका अतिरिक्त रमाइलो गर्ने कुरासँग जोडेर हेरिन्छ।अधिकांश युवाहरुले धार्मिक कार्यको जिम्मा परिवारका ठूलाबडा तथा अग्रज सदस्यहरुको भएको ठान्छन ।

तर नेविसंघका महामन्त्री कुन्दन काफ्ले भने यो मामलामा पृथक भेटिए ।

नवदुर्गाको आराधना गरिने दशैंको नवरात्रमा काफ्ले नौ दिनसम्म अनुष्ठानमा रहि देवी दुर्गाको आराधनामा रहे ।नौं दिनसम्म अन्न समेत ग्रहण नगरि उनले देवी दुर्गाको अनुष्ठानमा आफूलाई समर्पित गरे ।

काफ्लेले काठमाडौंको बासवारीस्थित गायत्री परिवारको साधना केन्द्रमा नौ दिनसम्म धार्मिक विधीपूर्वक देवी दुर्गाको आराधना गरे । काफ्ले दैनिक गायत्री साधनामा व्यस्त रहेका थिए ।

मनलाई शुद्ध बनाउँदै समाजलाई नेतृत्व गर्न पनि भगवान भक्तीमा आफू समर्पित हुने गरेको काफ्ले बताउँछन ।

भगवत भक्ती, पूजापाठ, अनुष्ठान र आराधना धार्मिक क्षेत्रका व्यक्तिहरुको मात्र जिम्मेवारी हो भन्ने भ्रमलाई चिर्दै काफ्लेले गरेको भगवत भक्ती दशैंको बेलामा चर्चाको बिषय भएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु