राष्ट्रपति भण्डारीले दशैंमा प्रदेश प्रमुख, राष्ट्रसेवक लगायतलाई टीका लगाइदिने

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले आउँदो कात्तिक २ गते शुक्रबार विजया दशमीका दिन राष्ट्रसेवकहरु र सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् ।

टीका ग्रहण गर्न इच्छुक उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, संघीय–संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी लगायतका विशिष्ट ब्यक्ति तथा निजामती, जंगी, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकहरुलाई अपरान्ह १ः०० बजे देखि २ः०० बजेसम्म र अन्य इच्छुकहरुका लागि अपरान्ह २ः०० बजेदेखि ४ः०० बजेसम्म टीकाको कार्यक्रम रहेको जनाकारी गराइएको छ ।

विजया दशमीका दिन शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने जानकारी गराइएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु