पार्टी शोकमा रहेको भन्दै कांग्रेसको चियापान कार्यक्रम कात्तिक १६ मा सार्ने निर्णय

काठमाडौँ –  नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ ।

पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ ।

पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले जानकारी दिए  ।

पार्टी शोकमा रहेकाले श्रद्धाञ्जलिबाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएकोे अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले भनाई थियो  । नेता बाँस्तोलाको असोज २७ गते निधन भएको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु