महानगरीय प्रहरी प्रभाग गोकर्णको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न

काठमाडौं– महानगरीय प्रहरी प्रभाग गोकर्णले चाड पर्व विशेष सुरक्षा सम्बन्धि अन्तरक्रिया तथा शुभकामना कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अथितिमा प्रतिनिधि सभा सदस्य कृष्ण राई, बिशेष अथितिमा प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्द, प्रदेश सभा सदस्य रामेश्वर फँुयाल रहेका थिए । यसैगरी कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४का अध्यक्ष चिनकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका–३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारी, राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, भगवति युवा क्लबका अध्यक्ष शिवराम कारञ्जित लगायत उपस्थीत रहेका थिएभने कार्यक्रम सञ्चालन गोकर्ण प्रहरी प्रभाग प्रमुख अर्जुन गिरीले गरेका थिए ।

प्रमुख अथिति प्रतिनिधि सभा सदस्य कृष्ण राईले शान्ति सुरक्षा प्रहरिको मात्र जिम्मेवारी नभई सबैको दायित्व भएको बताएका छन् । उनले कार्यक्रममा चाडबाड मनाउदाँ ‘घाँटी हेरी हाड निल्नु‘ भन्दै चाडबाड देखाउनको लागि मनाउनु भन्दा मनाउनको लागि मनाउन सबैलाई आगह गरे । उनले थप्दै राष्ट्रिय संस्कृति संरक्षण गर्नु सबैको दायित्व रहेको बताएका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सभा सदस्य रामेश्वर फँुयालले चावहिल–जोरपाटी–साखूँ सडकको दुरावस्था चाडै सुधार हुने बताउदै निर्माण व्यवसामयीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । उनले प्रदेश सरकारले प्रदेश सडक ऐन सुधार गर्न लागेको जानकारी समेत दिए । साथै उनले हरियाली वातावरणका निमित्त ५ फिट अग्लचा रुख रोप्ने अभियान शुरु गर्नेसमेत बताए ।

त्यस्तै महानगरिय प्रहरी बृत बौद्धका प्रमुख प्रहरी नायब उपनिरिक्षक नरेन्द्र चन्दले ‘प्रहरी पब्लिक पार्टनरसिप‘को अवधारणा व्यक्त गर्दै अपराधमुक्त समाज बनाउनुपर्नेमा जोड दिएका छन् । उनले बौद्ध र यस क्षेत्र आसपास हुने गरेको अपराधिक क्रियाकलापलाई निर्मुल पार्न प्रतिबद्धता जनाउदै हरेक नागरिकलाई अपराधिक बिशेष सुचना आफ्नो वरिपरी भएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन् ।

हेर्नुहोस तस्विरमा:

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु