टोखा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुवेदी अख्तियारको फन्दामा (फोटोफिचर)

काठमाडौं– टोखा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुवेदी आज घुससहित रंगेहात पक्राउ परेका छन् । टोखा नगरपालिकाको कार्यलयभित्रै भ्रष्ट विरुद्ध राष्ट्रिय अभियान नेपाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सयुक्त सहकार्यमा आज उनी पक्राउ परेका हुन् ।

आज टोखा नगरपालिकाको वडा नं ६ अवस्थित नव सृजना टोल उपभोक्ता समितिले बाटो ढलान कामको जम्मा १०, १६००० को योजनामा बाकी बिल भरपाई २,८६,५०० को चेक दिनु पर्ने भएकाले उनले भुक्तानी गर्न झुलाएका थिए ।

नव सृजना टोल उपभोक्ता समितिका अध्यक्ष बिष्णु प्रसाद ज्ञवाली सङ्ग घुस बापत एक लाख लिदा लिदै प्रशासकिय अधिकृत सुवेदी आफनै कार्यकक्षमा रङेहात पक्राउ परेका हुन् ।

हेर्नुहोस तस्विरमाः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु