नेपालय स्कुलको शुभकामना अदान प्रदान तथा चिट्ठा कार्यक्रम भब्यताका साथ सम्पन्न

आशिष तामाङ/काठमाडौं– नेपालय ईंग्लिश पब्लिक स्कुलको आयोजनामा शुभकामना, रङ्ग होली, विविध सस्कृतिक तथा चिट्ठा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गोकर्णेश्वर नगरपालिका ८ मा भएको हो ।

यस कार्यक्रमको सभा अध्यक्ष समाज सेवी बल बहादुर तामाङले सभा अध्यक्ष ग्रहण गरेको थिए । र यसै स्कुलको प्रिन्सिपल सुनिता श्रेष्ठ ले विजय दशमी, शुभ दिपावली, नेपाल सम्वत ११३९ प्रारम्भ तथा छठ पर्व २०७५ को सम्पुर्ण विद्यार्थी एवम् अभिभहरुलाइ शुभकामना व्याक्त गर्दै कार्यक्रम उद्घाटन मालती ग्रुपको प्रस्तुति मंगल धुनले गरेको थिए ।

विविध सस्कृतिक मनोरञ्जन कार्यक्रममा यसै स्कुलको कक्षा ३ मा अध्यरत एलिसा मगरको नृत्यले धेरै अभिभावकको ताली र ध्यान आकर्षण गरेको थिए । कार्यक्रममा अन्य विभिन्न पेशागत , व्यवसाय तथा अभिभावकहरु उपस्थिति थिए ।

सो कार्यक्रममा रङ्ग होली प्रतिस्पर्धा तर्फ रातो, निलो, पहिलो र हरियो गरि ४ समुह थियो, उक्त प्रतिस्पर्धामा अभिभावकको मतको आधारमा हरियो समुहको रङ्ग होली जितेका थिए ।

चिट्ठा तर्फ
– पहिलो पुरस्कार खसी बिजेता भाग्यमानी नम्बर १३९२– फुपेम्बा शेर्पा
– दोस्रो पुरस्कार बोका बिजेता नम्बर १२३२– सैरोन श्रेष्ठ
– तेस्रो पुरस्कार भाले बिजेता नम्बर १०९२– कन्चन घ्लान
– चौथो पुरस्कार भाले बिजेता नम्बर १२८७– कैशल राई
– पाचौं पुरस्कार हंस बिजेता नम्बर ११५९– विकास तामाङ
– छौठौ पुरस्कार हंस बिजेता नम्बर १२२४– सुस्मिता तामाङ
– सातौ पुरस्कार अन्डा विजेता नम्बर १०८७– अमर बहादुर गुप्त
– आठौ पुरस्कार बिजेता नम्बर १०४८– उज्वल मगरले अन्डा जिते

उक्त चिट्ठा कार्यक्रममा आठौ सम्म पुरस्कार थियो ।

यस दसै चिट्ठा कार्यक्रममा कुनै पनि जलजेल नगरी स्कुल ब्यवस्थापन समितिले विधिको नियम अनुसार विजेताहरुलाइ पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको समापन यसै स्कुलको प्रबन्धक बुद्ध श्रेष्ठले गरेको थिए ।

 

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु