Breaking News

आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोट क्रिकेटको च्याम्पियन बन्यो नेपाल

काठमाडौं– नेपाल आईसीसी टि–२० विश्वकप छनौट एसिया उपक्षेत्रीय छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ । सिंगापुर विरूद्दको अन्तिम खेल वर्षाले विथोलेपछि सिंगापुर र नेपालको समान अंक भएपनि रनरेटका आधारमा विजेता बनेको हो ।

प्रतियोगिताबाट नेपाल विजेताका रूपमा सिंगापुर उपविजेता र मलेसिया तेश्रो हुँदै टि–२० बिश्वकप छनौटको दोश्रो चरणमा प्रवेश गरेका छन् । जसमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भइसकेका छन् । टस जितेर नेपालले सिंगापुरलाई ब्याटिंग गर्ने निम्तो दिएको थियो त्यसपछि सिंगापुरले १७.३ ओभरमा ८१ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो ।

जवाफमा ब्याटिंग थालेको नेपालले दोश्रो इनिंगको ३ बल खेल्दा वर्षाको कारण खेल रोकिएको थियो । खेल रोकिंदा ०.३ ओभरमा नेपालको स्कोर १्१ थियो जसपछि पुनः खेल सम्भव हुन सकेन । यसअघि टस हारेर ब्याटिंङको निम्तो पाएको सिंगापुर १७.३ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

बलिङ्गमा सन्दीप लामिछानेले ४ विकेट हात पार्दै उनले एउटै प्रतियोगितामा २४ विकेट लिएर कीर्तिमान बनाएका छन् । सिनियर टिमको लागि एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु