Breaking News

यस्तो छ ‘ए मेरो हजुर ३’को फस्टलुक, अनमोल र सुहाना रोमान्टिक मुडमा

काठमाडौं– फिल्म ‘ए मेरो हजुर ३’को प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । आज शुक्रबारबाट फिल्मको औपचारिक रुपमा छायाङकन आरम्भ भएको छ ।

फिल्म फ्लोरमा निस्किँदै गर्दा यसको फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापा फिचर्ड भएका छन् । फिल्म अनमोल एक गायक र सुहाना एक फ्यानकोे भूमिकामा देखिनेछन् ।

सांगीतिक लभस्टोरी कथामा बन्ने यस चलचित्रमा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । झरना थापाले दोस्रो पटक निर्देशन गर्ने यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र सञ्जय लामाको छायांकन रहनेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु