Breaking News

४८ किलो गाजा र २१ किलो चरेश सहित दुई जना पक्राउ

पर्सा– पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले ४८ किलो गाजा र २१ किलो चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुरका मनहरी गाउँपालिका ७ बस्ने वीरबहादुर मोक्तान र पलाँसी गाउँपालिका २ सुर्खेतका ४४ बर्षका सूर्यबहादुर स्याङ्तानलाई गाजासहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरबाट खटिएको टोलीले पटेर्वासुगौली गाउँपालिका १ गधियानीबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

मकवानपुरबाट झोलामा गाँजा लिएर आउँदै गरेको अवस्थामा उनीहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याईएको प्रहरी उपरीक्षक ढकालले जानकारी द्एिका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु