Breaking News

‘जात्रै जात्रा’ बन्दै, पहिलो सिरिज ‘जात्रा’कै कलाकारहरु देखिने

काठमाडौं– २ वर्ष अघि रिलिजमा आएको फिल्म ‘जात्रा’ को दोस्रो सिक्वेल ‘जात्रै जात्रा’ बन्ने भएको छ । गत बिहीबार दशैं तथा तिहार पर्वको शुभकामना आदानप्रदान गर्दै निर्देशक प्रदीप भट्टराईले ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।

पहिलो सिरिजकै कलाकारहरुको हालिमुहाली रहने फिल्मको कथा निर्देशक भट्टराई आफैंले तयार पारेका छन् । यो फिल्म आगामी कात्तिक १ गतेबाट फ्लोरमा जाने निर्माण पक्षले जानकारी गराएको छ, भने फिल्मलाई आगामी फागुन १७ गतेबाट दर्शकमाझ रिलिजान आउँदैछ ।

‘जात्रै जात्रा’ मा पहिलो सिरिजकै कलाकारहरु विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठले खिच्ने फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् ।

षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा पहिलो श्रृंखलाभन्दा फरक रहेको निर्देशक भट्टराईले बताए । ‘जात्रा’ जहाँ सकिएको थियो, ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुन्छ । तर यसपटक फिल्मका पात्रहरु पैसाको पछाडि मात्र दौडिने छैनन्’, उनले भने ।

‘जात्रा’ मा श्रीमान्श्रीमतीको भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतले दोस्रो सिरिजमा पनि जोडिन पाउँदा खुसी लागेको बताए । डेढ करोडको लगानीमा निर्माण हुने फिल्मको काठमाडौंको असन, बौद्ध र पोखरामा छायांकन हुनेछ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु