Breaking News

सन्दिप लामिछानेले बनाए यस्तो कीर्तिमान

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् ।

मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट बी अन्तर्गत नेपालको अन्तिम खेलमा सिंगापुर विरुद्ध ३ ओभर बलिङ गरेका लामिछानेले १६ रन खर्चिदै २ विकेट लिएका हुन् । अझै उनको एक ओभर बलिङ बाँकी छ ।

यो सँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका हुन् ।

उमेर समूहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेकै नाममा छ । उनले गत वर्ष जुलाईमा सिंगापुरमा भएको यु–१९ विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २४ विकेट लिँदै किर्तिमान बनाएका थिए ।

सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा थियो । रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा २१ विकेट लिएका थिए भने बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज (तीन दिवसीय) प्रतियोगितामा २१ विकेट लिएका थिए।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु