Breaking News

अब साझाका टिकट काट्न आफ्नो मोबाइलबाटै घरमै बसेर

काठमाडौं – साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवाडटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौताअनुसार अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङसम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका छन् ।

साझा यातायातका बसहरू काठमाडौंदेखि रुपन्देहीको भैरहवा र काठमाडौंदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुङका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको हो । यात्रुहरूले अबदेखि साझा यातायातडटकमडटएनपी,बससेवाडटकम, ई सेवाडटकमडटएनपीबाट सहजै टिकट काट्न सक्नेछन् ।

ई–सेवा एकाउन्ट भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने ईसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका ई–सेवा जोन, पोइन्ट तथा ई–सेवा अंकित साइबर कम्युनिकेसनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यसैगरी यात्रुहरूले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ तथा अन्य विभिन्न पेमेन्ट गेटवेमार्फत रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु