Breaking News

जग्गा किर्ते गरेर भ्रष्टाचार गरेको आरोपमा झापा मालपोतका अधिकृतसहित तीन पक्राउ

जग्गा किर्ते गरेर भ्रष्टाचार गरेको आरोपमा झापा मालपोतका अधिकृतसहित तीन पक्राउ

काठमाडौं –  झापा मालपोत कार्यालयका अधिकृतसहित तीनजना जग्गा किर्ते गरेर भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले झापा दमकको मालपोत कार्यालयका अधिकृतसहित तीनजनालाई पक्राउ गरेको हो।

जग्गा किर्ते गरेर पास गर्न खोज्जै भ्रष्टाचार गरेको आरोपमा मालपोत अधिकृत अग्नि घिमिरे, नायव सुब्बा  डिल्ली कोइराला र जयन्द्रराज खड्का पक्राउ परेका हुन्।

बिहीबार पक्राउ परेका तीनैजनामाथि अख्तियारको टोलीले अनुसन्धान सुरु गरेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु