Breaking News

जंगलमा लगेर सामूहिक बलात्कार, दुई जना पक्राउ

बुटवल –  बुटवलमा जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत मंगलबार शिवनगर सामुदायिक जंगलमा १६ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका १०, चरंगेका उदय थापा र बुटवल उपमहानगरपालिका ७, शिवनगरका कृष्ण थापा क्षेत्रीलाई पक्राउ गरी मुद्दा दर्ताको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

मजदुरी गर्ने उनीहरुले ललाइफकाइ ती किशोरीलाई घुमाउन लगेको र जंगलमा लगेर जबर्जस्ती करणी गरेको घटना पीडित युवतीले वडा प्रहरी कार्यालय बुटवलमा उजुरी गरेपछि उक्त घटना बाहिर आएको हो ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु