रात्रिकालीन क्रिकेटः आज धनगढी र नेपाल पुलिस भिड्दै

इनरुवा– सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेट प्रतियोगिता अन्तर्गत आज धनगढी र नेपाल पुलिसबिच प्रतिष्पर्धा हुँदै छ ।

ग्रुप बि अन्तर्गतको दोस्रो खेलमा दुबै टिम आमने सामने हुन लागेका हुन् । खेलको बिजेता सोझै सेमि फाइनलमा प्रवेश गर्ने भएकाले समेत दुवै टिम जितको खोजिमा हुनेछन् । खेल राती ७ बजेपछि सुरु हुने छ ।

प्रतियोगिता अन्तर्गत पछिल्लो खेलमा बिरगञ्ज बिजयी भएको छ । रोमाञ्चक खेलमा बिरगञ्जले राजबिराजमाथि २ रनको जित हात पारेको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु