Breaking News

वामदेवको बिषयले नेकपा कार्यकर्तामा हंगामा,प्रचण्ड भन्छन् जनभावनाविपरित पार्टी जादैंन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर–७ मा वामदेव गौतमले चुनाव हार्नेगरी उपनिर्वाचन नहुने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उक्त विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको भन्दै जनभावनाविपरीत पार्टी नजाने बताए ।

‘पार्टीको सिट गुम्नेगरी चुनाव हुँदैन’–उनको भनाइ थियो ।

राजनीतिक नेतृत्वको इच्छाशक्ति र दूरदृष्टिको कमीले नै विकास हुन नसकेको भन्दै अध्यक्ष दाहालले यस्तै अवस्था रहे देशको सार्वभौमिकता र स्वतन्त्रता नै गुम्नसक्ने दाबीसमेत गरे ।

दुईतिहाइ बहुमतप्राप्त सरकारका लागि अवसर र चुनौती दुवै भएको भन्दै उनले सरकारले दीर्घकालीन रणनीतिक महत्वका कामहरु अघि बढाएको दाबीसमेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अरुलाई दोष दिएर सरकार उम्कन नसक्ने भन्दै दुईतिहाइ बहुमतको सरकारले सुशासन दिन नसकेको बताए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु