Breaking News

तामाङ समाज उत्तर अमेरिकाको महत्वपुर्ण निर्णयहरु र कार्य योजना, विवाद समाधान समन्वय समिती गठनमा कुमार दोङ्को भुमिका

काठमाडौं– तामाङ समाज उत्तर अमेरिकाको अध्यक्ष लक्यान लामाको अध्यक्षतामा कन्फरेन्स् कल मार्फत सल्लहाकारहरु, राज्य स्तरका अध्यक्षहरु र कार्यसमितीको संयुक्त बैठकले सर्वसम्मत महत्वपुर्ण निर्णयहरु पारित गरेको छ ।

विवाद समाधान समन्वय समिती गठन
न्युयोर्क राज्यमा आधिकारिक तदर्थ कमिटी मार्फत न्युयोर्क निवासी तामाङ समुदायलाई आव्हान गर्दै सम्पुर्ण प्रकृया पुरा गरेर तामाङ सोसाईटी अफ न्युयोर्क गठन हुदै गर्दा केही साथीहरुले चित्त नबुझिएको कुरा राख्दै हलबाट बाहिरिएर उपस्थित नै नभएका व्यक्तिहरुको सुचि बनाएर समानन्तर कमिटी बनाउदै आफुहरु आधिकारिक हो भन्दै सामाजिक संजालमा मिडियाबाजी गरेपछि आएको समस्यालाई विभिन्न माध्यमबाट केन्द्र र राज्य स्तरका आधिकारिक व्यक्तिहरुको पहलमा समधान गर्न खोज्दा पनि हाल सम्म विभिन्न कारणले गर्दा समस्या समधान नभएको तर अहिले आएर झन ‘तामाङ समाज अमेरिका‘नाम गरेको संस्था नै दर्ता गरि अघि बढेकोले यस किसिमको समस्याले समग्र न्युयोर्क तामाङ बासी नै आलोचित भएको महसुस गर्दै आजको यस बैठकले संस्थाको सल्लाहकार विध्यासागर योन्जन तामाङको संयोजकत्वमा पॉच सदस्यीय ‘विवाद समाधान समन्वय समिती’ गठन गरेको छ ।

समितिको संयोजक विध्यासागर योन्जन, क्यालिफोर्निया (वर्तमान सल्लहाकार),सदस्यहरु ईन्द्र तामाङ, न्युयोर्क (वर्तमान सल्लहाकार), लोक लामा, न्युह्यम्सार (वर्तमान सल्लहाकार),कुमार दोङ (अध्यक्ष–तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया) र डोल्मा लामा, लस एन्जल्स् (महासचिव, तामाङ समाज उत्तर अमेरिका) रहेका छन् ।

स्पस्टिकरणको जवाफ नआएकोमा जिम्मेवारीबाट मुक्त
सल्लाहकार समितीको शान्तबाबु थोकर, सल्लहाकार भोजराज थोकर र विश्व तामाङ सम्मेलन समन्वय उपसमितिका संयोजक भरतराज लामालाई स्पस्टिकरणको लागि पत्रचार गरेकोमा कुनै पनि जवाफ नआएकोमा वहाँलाई सम्बन्धित पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ ।

आर्थिक संकलन समिति
अन्तराष्ट्रीय तामाङ काउन्सिलको चौथो सम्मेलन भारतको मिरिकमा डिसेम्बर १४, १५ र १६ मा हुने सम्मेलनको निमन्त्रण समेत प्राप्त भसकेको र तामाङ समाज उत्तर अमेरिकाले आफ्नो धारण सहित विशेष भुमिका बहन गर्दै भव्य र सभ्य रुपमा सम्मेलन सफल बनाउन आर्थिक ज़िम्मेवारी समेत बहन गर्दै भाग लिने बैठकले औपचारिक निर्णय गरेको छ । बैठकले समय मिलाउन सकिने सबैलाई सहभागीका लागी आव्हान गर्ने र आर्थिक संकलनका लागि कुमार दोङको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन समिती गठन छ ।

समितिको संयोजक कुमार दोङ , अध्यक्ष, सान फ्रानसिस्को,सदस्यहरुमा बुद्ध लामा ,वर्तमान सल्लहाकार (बोस्टन–सदस्य) र दीपेन्द्र लामा , सचिव –तामाङ सोसाईटी अफ न्युयोर्करहेका छन् ।

कार्यसमितीको सदस्य र सल्लाहकार मनोनित
विधानमा व्यवस्था भए बमोजिम अध्यक्षबाट कार्यसमितिमा मनोनित २ (दुई) सदस्य मध्ये बाकी रहेको एक सदस्य पदमा कोलोराडो निवासी “पहिलो नर्थ अमेरिका तामाङ सम्मेलन” का प्रतिनिधि संदिप लामा (गोले) लाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

यसैगरी कार्यसमितिलाई विभिन्न माध्यमबाट सहयोग दिन सक्ने व्यक्तिहरु, समाजमा विभिन्न कालखण्डमा विशेष विशेष भुमिका खेलि रहनु भएका वा खेल्नु भएका अग्रजहरु एवं समाजलाई अझ मजबुद बनाउन योगदान दिन सक्ने महानुभावहरुलाई विधान मुताविक सल्लहाकारमा मनोनित गर्न सक्ने व्यवस्था भएकोमा सल्लाहकारमा रत्तु लामा, प्रकाश लामा (सान फ्रानसिस्को) र फुर्वा घिसिङ (न्युह्मसार) मनोनित गरेको छ ।

North America Tamang Professional Network committee:

भावि दिनहरुमा विश्व भरिका दिग्गज तामाङहरुलाई एकै फोरममा गोलबन्द गर्दै उहाहरुको अनुभव र दक्षताको उपयोग गर्दै समग्र तामाङ जातीको उत्थानमा योगदान पुर्याउने उदेश्य मुताविक तामाङ समाज उत्तर अमेरिका अघि बढि रहेको परिपेक्षमा हाललाई उत्तर अमेरिका भरिका विभिन्न क्षेत्रमा विशेष दखल भएका तामाङहरु /विधार्थीहरुलाई गोलबन्द गर्न र उहाहरुको अनुभव समाजमा उपयोगी सिद्द गर्नका लागी तामाङ सोसाईटी अफ ग्रेटर डिसीका अध्यक्ष उत्तर लामाको संयोजकत्वमा “North America Tamang Professional Network committee” गठन गरिएको छ ।

समितिको संयोजक उत्तर लामा दोङ,सदस्यहरु मोहन वाईबा , निमा पाख्रिन,बर्षा मोक्तान , सुर्य मोक्तान र शंकर तामाङ रहेका छन् । आवश्यक अनुसार संयोजकले सदस्यहरु थप गर्न सक्ने निर्णय भएको छ ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु