Breaking News

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न

काठमाडौं– यहि आउँदो विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत र छठको अवसरमा नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले चियापान एवं शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अथितीमा जिफन्टका पुर्वउपाध्यक्ष तथा राष्ट्रिय प्रतिनिधि परषद् प्रमुख हरिदत्व जोशी, अथितीमा पुर्वमहासचिव विष्णु लम्साल रहेका थिए भने कार्यक्रममा महामसचिव लक्ष्मण तिवारी लगायत विभिन्न ट्रेड युनियनकममा पदाधिकारीहरु टान, रिवान, हान जीता ट्रेड युनियनबाट पदाधिकारीहरुको बाक्लो उपस्थीती रहेको थियो । कार्यक्रमको अध्यक्षता सुर्य कुवँरले गरेका हुन् ।

कार्यक्रमका प्रमुख अथिती जिफन्ट पुर्वाअध्यक्ष एवं राष्ट्रिय प्रतिनिधि परिषद् पमुख हरिदत्व जोशीले अहिलेको राजनैतिक समसामयिक श्रम क्षेत्रमा लागू गरेको कुराहरुको चर्चा गरेका थिए ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले दशैको अवसरमा बर्षमा एकपटक यस्ता कार्यक्रमहरु गर्ने गरेको र कार्यक्रममा नयाँ कामको बारेमा चर्चा गर्ने गरेको छ ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु