Breaking News

‘बुद्ध भारतमै जन्मिएको हो’ भन्ने कार्यक्रममा नेपाली सांसदको सहभागीता

कपिलवस्तु– भारतले भगवान् गौतमबुद्ध आफ्नो भूमिमा जन्मिएको भनेर अफवाह फैलाउँदै गरेको एक कार्यक्रममा नेपालको प्रतिनिधिसभाका एक सांसद पनि सहभागी भएको खुलासा भएको छ ।

कपिलवस्तु–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद अभिषेकप्रताप साह मंगलबार भारतले गरेको बुद्ध सर्किट राष्ट्रिय राजमार्ग ७३० को शिलान्यास कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी भएको खुलासा भएको हो ।

भारतको सिद्धार्थनगरमा कृत्रिम बौद्ध विहार र लुम्बिनी बनाएर विश्व शान्तिका दूत गौतमबुद्ध भारतमै जन्मेको दाबी गर्दै भारतले प्रचार गरिरहेको छ ।

साह सहभागी भएको कार्यक्रमको ब्यानर र सम्मानपत्रमा नै ‘गौतमबुद्ध की जन्मस्थली जनपद—सिद्धार्थनगर मे’ भनेर लेखी विश्वसामु भ्रम छर्ने प्रयास गरिएको छ ।

नेपालका जिम्मेवार प्रतिनिधिसभाका सांसद नै यस्तो कार्यक्रममा सहभागी हुनु राम्रो नभएको बुद्धिजीवीहरुको भनाइ छ ।

कार्यक्रममा सहभागिता जनाएर साहले पनि गौतमबुद्ध भारतमा जन्मिएको स्वीकार गरेको भन्दै सामाजिक सञ्जालमासमेत चर्को आलोचना सुरु भएको छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु