Breaking News

बिना तलब हाउस मेडको रुपमा कार्यरत एक पीडित नेपाली चेलीको उद्धार

रम्जान दिन मिया, बुरैदा अल कासिम
नेपाल, भरौला गा.बि.स सुनसरी घर भएकी निर्मला तमाङ्ग गत करिब ६ बर्ष पहिले साउदी अरब रियादमा हाऊस मेडको रुपमा काम गर्न भनी आएकी थिईन् । उक्त साउदीको घरमा ५ बर्षसम्म काम गर्दा पनि तलव नदिएको र आफ्नो परिवारसित सम्पर्क समेत गर्न नदिएको अबस्थामा उक्त चेली भागेर अर्कै घरमा करिब ६ महिना जति काम गरेकी थिईन ।

 

 

उक्त नयाँ घरमा काम गर्ने सिलसिलामा निर्मलाले आफ्नो आफन्त सित सम्पर्क गर्दै आफ्नो बृस्तृत समस्याहरु राखेकी र उद्दारको लागी सहयोग मागे पछि उहाँको आफन्तले आर सी सी अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारी सित सम्पर्क गरि उक्त चेलीको समस्या अबगत गराउदै उद्दारको लागि पहल गरिदिने अनुरोध संगै उपाध्यक्ष कृष्ण अधिकारी तथा आर सी सी अल कासिमद्वारा नेपाली दुताबास रियादका प्रथम सचिब विजय राउत सर सितको निरन्तर करिब ४ महिनाको समन्वय पछि उक्त चेलीलाई साउदीको घरबाट ९ सेप्टेम्बर २०१८ का दिन दुताबास सेल्टरमा पठाउन सफल भएका थियौ । दुताबास पठाएपछि दुताबास सेल्टरमा रहेकी निर्मला आर सी सी अल कासिमको र दुताबास सितको नियमित समन्वय, सहयोग पछि दूतावास रियादद्वारा हवाई टिकट प्रदान गरि उक्त चेली गत २४ सेप्टेम्बर २०१८ का दिन आफ्नो जन्मभूमि नेपाल पुग्न सफल भएकी छिन ।

यो कार्यमा सहयोग गर्नु हुने नेपाली राजदुतावास रियाद , तथा आर सि सि अल कासिम लाई मुरि मुरि धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि पीडितको समस्यामा एकजुट भएर सहयोग समन्वय र सहकार्य गरि पीडितको उद्दारमा कटिबद्ध रहनेछौ भन्ने पुर्ण बिश्वास छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु