Breaking News

दोरम्बा क्षेत्र सेनालाई उपलब्ध गराउने निर्णयप्रति नेपाल तामाङ घेदुङको घोर आपत्ति

काठमाडौं– नेपाल तामाङ घेदुङले दोरम्बा क्षेत्र पुरातात्विक सम्पदा भएकाले यस क्षेत्रको जग्गा सेनालाई उपलब्ध गराउने निर्णयप्रति घोर आपत्ति जनाएको छ । यस क्षेत्र तामाङ घेदुङ समुदायको ऐतिहासिक किपजट राज्य र घिसिङ थरी तामाङको प्रचिन ताल्च्थो दरबार भएको कारण सेनालाई उपलब्ध गराउने विषयमा ध्यानाकर्षण भएको एक प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

यसका साथै नेपाल तामाङ घेदुङले यस क्षेत्र इतिहाससँग जोडिएको बिषय भएकोले उक्त निर्णयलाई फिर्ता लिई यस सम्पदा संरक्षणको मागसमेत गरेको जानकारी महितकुमार तामाङले गोकर्णन्युजलाई बताएका छन् ।

हेर्नुहोस बिज्ञप्तीः

वडा समाचारहरु

सम्बन्धित समाचारहरु