Breaking News

अनुदान सहयोगको फारम भर्दै चार वर्ष बित्यो शिवपुरीका भुकम्पपीडितको

काठमाडौं– भुकम्प गएको चार वर्ष नुवाकोटको शिवपुरी आठका ७३ परिवार निजी आवास पुननिर्माणका लागि उपलब्ध गराइने अनुदान सहयोग फारम भर्दै वितेको छ । पुननिर्माण अनुदानका लागि संवोधन नगरिएका कुल १२६ घर मध्य २० घर अन्तै घर भएका र ३३ घर रेट्रोफिटिङ भनि सम्वोधन गरिएको भएपनि ७३ परिवारको सम्वोधन हुन सकेको छैन ।

भुकम्पले हलिएर आधा पाखो खस्न लागेको थियो घर भत्काए नयॉ बनाए अहिले रेट्रोफिटिङ भनेर आयो अव मैले कहाँ लगेर रेट्रोफिटिङ गरु भुकम्पपिढित मेवा स्याङतानले गुनासो पोखेका छन् । त्यतिवेला स्थानिय सरकार नभएका कारण पुननिर्माण प्राधिकरणवाट खटिएका प्राविधिक राजनैतिक दलको इसारामा काम गरेकाले आफूहरुलाई अन्याय गरिएको भुकम्पपीडितहरुको गुनासो छ । ढुङ्गामाटाले वनेका वस्नै नहुने घरहरु समेत रेट्रोफिटिङ् मा परेका छन् कतिपयलाई रेट्रोफिटिङ के हो भन्ने सम्म थाहा छैन ।

रेट्रोफिटिङ गर्ने दक्ष जनशक्ति कहॉ पाईने हो भुकम्पपिढीत अनविज्ञ नै छन् । ढुङ्गामाटाले वनेका घर मर्मत गरेर वस्ने मनस्थितिमा छैनन भुकम्पपिढित वरु टहरामै वसिन्छ यस्तो चिरा चिरा परेका घर मर्मत गरेर वसिदैन अर्का भुकम्पपिढित कृष्ण फूयाल दुखेसो गरे ।

सर्वसाधारण मात्र होइन आफूलाई समेत निजी आवास अनुदान उपलब्ध नभएको शिवपुरीका वडा अध्यक्ष पदम ब थपलियाको गुनासो छ आफूले आफ्नु वृद्द आमालाई समेत भत्कन लागेको घरमा राख्नु परेको छ पुननिर्माण प्राधिकरण वाट उपल्व्ध हुने निजी आवास अनुदान उपलब्ध नभए ततकाल नयॉ घर वनाउन आफूले समेत नसक्ने अवस्था रहेकोले घरको तला घटाएर भत्किएकै घरमा वस्ने मनस्थितिमा रहेको वताएका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु