Breaking News

राजधानीमा करिब ५ सय पेशेवर चोरका रुपमा सक्रिय

काठमाडौं-  २०७५ वैशाख ५ गते सरस्वती युथ क्लवका पूर्व कप्तान दिपेश श्रेष्ठ पेशेवर चोरीको अभियोगमा काठमाडौं प्रहरीको फन्दामा परे ।

असार २३ गते डल्लुस्थित सोनी श्रेष्ठको घरबाट ३१ लाख नगद र २ थान मोबाइल सेट चोर्ने भारत (बिहार) का सुरज पोदार र करण पोदारलाई महानगरीय प्रहरीले नियन्त्रणमा लियो ।

भदौ ३० गते गोदावरी नगरपालिका–१ छम्पी (ललितपुर) स्थित प्रल्हाद विष्टको घरमा चोरी गर्न गाडीसहित गएका मकवानपुरका सोमलाल स्याङतान, राजु लामा र कुमार लामा घरेलु हतियारसहित पक्राउ परे ।

शृंखलावद्ध चोरीका यी केही घटनामात्रै हुन् । प्रहरीका अनुसार उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उपत्यकामा शृंखलावद्ध चोरी/डकैती, लुटपाट लगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी पेशेवर चोरका रुपमा सक्रिय छन् । आजको कारोबार दैनिकमा खबर  छ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु