Breaking News

खेलकुदमन्त्री सुनारद्वारा पदक विजेता कराँते खेलाडी सम्मानित

काठमाडौं– ब्रिटिस ओपन इन्टरनेसनल कराते(विकेएस) प्रतियोगितामा पदक बिजेता कराँते खेलाडी सोमबार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकमा), सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडी विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा तथा रेफ्री सृजना अधिकारीलाई सम्मान गरेका थिए ।

ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा आश्विन ६ र ७ सञ्चालन भएको प्रतियोगिताको कुमुते टिम स्पर्धामा नेपालबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा फाईनलमा पराजित भएपछि रजत पदक जितेका थिए । सोनमले नै कुमुतेको ब्यक्तिगत स्पर्धा अन्र्तगत पुरुष कुमुतेको ६० केजी मुनी नेपाललाई कास्य दिलाएका थिए ।

त्यस्तै नेपालकातर्फबाट निर्णायकको भूमिका निर्वाह गरेकी एशियन रेफ्री सृजना अधिकारीले उत्कृष्ट रेफ्रीको अवार्ड जितेकी थिईन् । नेपाली टिममा सहभागि ब्यवस्थापक राजेन्द्र दुलाल, कुवेर एसके, खेलाडी सागर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

राष्ट्रिय महिला भलिबल भोली देखि
नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबलसंघको व्यवस्थापनमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि बाग्लुङको गल्कोट सुुरु हुदैछ । गल्कोट नगरपालिकाको मुख्य सहयोगमा असोज २७ सम्ममा हुदैछ । प्रतियोगिताका लागि गल्कोट नगरपालिकाले ५ लाख सहयोग गरेको बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्ष यमवहादुर श्रीसले जानकारी गराएका छन् ।

प्रतियोगिताका लागि गल्कोट स्पोर्टस् क्लब जापान र गल्कोट समाज जापनले २ लाख ५० हजार सहयोग गरेका छन् । त्यस्तै बाग्लुङ समाज दक्षिण कोरियाले पनि १ लाख सहयोग गरेको छ । संघीय ढाँचामा आयोजन हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्ष श्रीसले जनाएका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता लिगकम नकाउटका आधारमा संचालन हुने छ । प्रतियोगिताको उद्घाटन गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैह्रेले गर्ने छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु