Breaking News

घुस लिएको आरोपमा राई पक्राउ परेसँगै डीएसपी नरेन्द्र चन्दले सम्हाले बौद्धको कमाण्ड

काठमाडौं– टेलिभिजनमा १ लाख ४० हजार घुस लिएको आरोपमा डीएसपी श्याम कुमार राई पक्राउ परेसँगै प्रहरी प्रधान कार्यालयले नयाँ प्रमुखलाई काजमा खटाएको छ ।

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नरेन्द्र चन्दलाई काजमा वौद्ध बृत्तमा सरुवा गरेको हो ।

यसैगरी महानगरीय प्रही वृत्त सातदोबाटोमा डीएसपी गौतम मिश्रलाई काज सरुवा गरिएको छ भने सातदोबाटो बृत्तमा कार्यरत डीएसपी विनोद सिलवाललाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

यसैगरी डीएसपी अपिल बोहरालाई महानगरीय प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको छ । यस्तै कुमार विक्रम थापा महानगरीय प्रहरी बृत्त थानकोटमा सरुवा गरिएको छ । यसअघि नवरत्न पौडेल थानकोटमा कार्यरत थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु