Breaking News

अख्तियारले भन्यो– “बौद्धका डिएसपी श्यामकुमार राईले टिभी घुस मागे”

काठमाडौं– घुस रकमसहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त, बौद्धका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले सोनी कम्पनीको टेलिभिजन घुस मागेको रहस्य खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै डिएसपी राईले सेवाग्राहीसँग सोनी कम्पनिको टिभी खरिद गरी ल्याईदिनु भनी जिन्सी सामानको रूपमा घुस मागेको जनाएको हो ।

अख्तियारका सहसचिव एव्र प्रवक्ता रामेश्वर दंगालले पहिला राईले टिभी किनिदिन आग्रह गरेको र पछि टिभी आफैले खरिद गरेको टिभीको बिलको भुक्तानी बापतको रकम पटकपटक माग गरेको अनुसन्धानका क्रममा खुलेको बताए ।

अख्तियारले डिएसपी राइले सेवाग्राहीलाई पटक पटक फोन गरी घुस मागेको भन्ने सूचनाका आधारमा एक लाख चालीस हजार घुस बापतको रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै शनिबार पक्राउ गरेको थियो ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु