गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा जोरपाटी-सुन्दरीजल सडक मर्मत सम्भार गर्ने कार्य सुरु

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा जोरपाटी देखि सुन्दरीजलसम्मको मुल सडकको मर्मत सम्भार गर्ने कार्य अगाडी बढाएको छ ।

नगरपालिकाले सडकमा रहेका खाल्डाखुल्डी पुर्ने तथा भत्किएका सडकहरुलाई मर्मत सम्भार गर्ने काम नगरको सक्रियतामा सुरु भएको हो ।करिव ८ किमिको लमवाईमा रहेको उक्त सडकको मर्मत सम्भारको लागी नगरपालिकाले स्थानिय समक्ष सहयोगको अपिल समेत गरेको छ ।

साथै गोकर्णेश्वर नगरपालिका स्थित नाग मन्दीर देखि जगडोल पानीखोल्सा सम्म को बाटो कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।
लामो समयको देखि मेलम्ची खानेपानी विस्तार गर्ने क्रमममा लाथालिङ्ग भएको उक्त सडक सडक विभाग तथा गोकर्णेश्वर नगरपालिकाको सक्रियतामा कालोपत्रे सम्पन्न भएको हो ।

लामो समयको सडकको दुरावस्थाबाट पिडित बन्दै आएका स्थानियलाई भने सडक मर्मत तथा कालोपत्रेले स्थानियलाई राहत भने पक्कै मिल्ने छ ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु