बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राई घुससहित रंगेहात पक्राउ

बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राई घुससहित रंगेहात पक्राउ

महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एसपी प्रवीण पोखरेलको नेतृत्वमा खटिएको टोलीले एक लाख भन्दा धेरै घुससहित उनलाई शनिबार साँझ पक्राउ गरेको हो । त्यस्तै,  सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे ।

उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको आडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।

प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् । अन्ततः उनी अख्तियारको फन्दामा परेका छन् ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु