Breaking News

वंशावली खोजीमा, महत्वपूर्ण छ्योइ भेटियो

काठमाडौं– सिङ्तान/सिङ्दन/सिङ्थान/सिन्तान एकै हुनसक्ने आकलन गर्दै उल्लेखित तामाङ थरको वंशावली अध्यायन,अनुसन्धान खोजिनिति गरि वंशावली तयार गर्ने आभियानको क्रममा धादिङस्थित धेरै बर्ष पुरानो ऐतिहासिक लिखित इतिहास भेटिएको छ ।

पुर्ब कोरियस्थित नेपाली राजदुत समेत रहेका कमान सिङ लामाको समयोजकत्वमा सिङ्तान/सिन्तान/सिङ्दन/सिङ्थानको वंशावली खोजीगरि लिखित रुपमा वंशावली तयार गर्न गठन गरिएको उल्लेखित तामाङ् थरको न्युक्लियस सेन्टरले धादिङस्थित निमा लामा सिङ्दान र लालबहादुर तामाङको घरमा सम्भोटा लिपिमा लेखिएको सो ऐतिहासिक हस्तलिखित दस्तावेज भेटिएको जानकारी प्राप्त भएको छ ।

काठमाडौंको नयाँबजारस्थीत हलेसी डिजिटल स्टुडियोमा सम्भोटा लिपिमा लेखिएको सो महत्त्वपूर्ण दस्तावेजलाई निमा लामा र लालबहादुर तामाङले उपस्थित कोरियास्थित पुर्व नेपाली राजदुत कमान सिङ लामा,बरिस्ठ थाङ्का ब्यावसायी श्याम तामाङ लामा, चर्चित गायकद्वय उत्सव सुब्बा लामा,आर बि सिङ्दान, युवा व्यावसायि प्रेम सिङ्तान, समाजसेवी कमलराज तामाङ र संचारकर्मी मीनबहादुर तामाङ लगायतले नेपालिमा अनुबाद गरेका थिए।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु