Breaking News

मुलपानीमा प्रहरीको ‘जुवा’ अपरेशन: जुवाखालबाट हाम फाल्दा दुईको मृत्यु

काठमाडौँ– कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ ।

काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौर निवासी सुमन लामाको मृत्यु भएको हो ।

प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् । उक्त स्थानबाट केही खुकुरी र मोटरसाइकलका साथै जुवा खेलाउन प्रयोग गरिने केही सामग्री समेत बरामद गरिएको छ । रासस

वडा समाचारहरु

सम्बन्धित समाचारहरु