Breaking News

बुढानिलकण्ठ नपा वडा -२ ले चाडपर्व लक्षित विशेष कार्यक्रम तथा सम्पूर्ण वडा बासीलाई शुभकामना व्यक्त

काठमाडौं – नेपालीहरुको महानचाड दशै, तिहार छठ लगाएका पर्वहरु भित्रने क्रम सँगै सुरक्षा एव्म मंहगी नियन्त्रणको बिषय जटिल बन्ने गर्दछ । यी र यस्तै यावत बिषयलाई मध्य नजर गर्दै बुढानिलकण्ठ नगरपालिका वडा न. २ ले मंहगी नियन्त्रण तथा शान्ती सुरक्षा विशेष योजना अनुरुप अगाडि बढेको वडा अध्यक्ष राजेन्द्र खड्काले गोकर्णन्युलाई जानकारी दिएका छन् ।

चाडपर्व अवधि भर सम्वन्धित वडा सदस्यहरु परिचालन हुनेछन् र घटना घट्न नदिन सम्वन्धीत प्रहरी कार्यलय सँग समन्वय गरेर कालाबजारी तथा चाडपर्वमा घट्ने घटनालाई न्युनिकरण गरेर अगाडी बढ्ने बताएका छन् ।

अध्यक्ष खड्काले चाडपर्वका बेला होटल तथा रेष्टुरेन्टहरु बेलुकाको समय छिटो बन्द गराउने समेत आग्रह गरेको बताएका छन् ।

उनले काठमाडौंमा धेरै मानीस घर भाडामा बस्ने र चाडपर्वका बेला घर जाने हुनाले बाहालमा बस्नेलाई कोठाको तालाचावी राम्रो सँग लगाउन र छिमेकिलाई खवर गरेर छाड्न समेत आग्रह गरेको बताए ।
वडा अध्यक्ष लगाएत सम्पूर्ण वडा सदस्यहरुले आउदै गरेका चाडपर्वमा सभ्य ढङ्गबाट रमाईलो र हर्षोल्लासका साथ मनाउन आग्रह गरेका छन् ।उनिहरुले वडा वासीलाई शुभकामना व्याक्त गर्दै भनेका छन् ।
“आउदै गरेका महान चाडपर्व बडादशैं, तिहार, छठ लगाएतले सम्पुर्ण वडा बासीलाई एकता र भाईचारा को शुत्रमा बाधोस सम्पुर्ण वडा बासीलाई शुभकामना’’– बुढानिलकण्ठ नगरपालिका वडा न.२ कार्यलय परिवार

वडा समाचारहरु

सम्बन्धित समाचारहरु