Breaking News

प्रदेश नं २ को समाजवादी ट्रेड युनियन [SDCONT]को गठन, भेला तथा प्रवेश कार्यक्रम भब्यताका साथ सम्पन्न

प्रदेश नं २ को समाजवादी ट्रेड युनियन [SDCONT]को गठन, भेला तथा प्रवेश कार्यक्रम भब्यताका साथ सम्पन्न

संघिय समाजवादी फोरम नेपालको जनवर्गीय संगठन समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ प्रदेश नं २ प्रदेश समिती गठन भएको छ । समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघको उपाध्यक्ष एवं प्रदेश नं २ इन्चार्ज विन्देश्वर राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा संधिय समाजवादी फोरमका केन्द्रिय अध्यक्ष एवं स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख अथित्यतामा पार्टीको केन्द्रिय कोषध्यक्ष एवं २ नं प्रदेश सरकारको अर्थमन्त्री विजय यादब, पार्टीका केन्द्रिय उप महासचिव एवं कार्यालय प्रमुख प्रकाश अधिकारी, प्रदेश नं २ सरकारका कृषि राज्यमन्त्री शैलेन्द्र शाह, गृह राज्यमन्त्री योगेन्द्र यादव, ट्रेड युनियन महासंघका सह अध्यक्ष एवं पार्टी केन्द्रिय सदस्य जोगीलाल यादव, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल, महासंघका कोषाध्यक्ष शोभादेवी मण्डल, ट्रेड युनियन महासंघका सचिव वासुदेव यादव महासंघका केन्द्रिय सदस्य कमल प्रसाद शाह लगायतले अतिथ्यता ग्रहण गरेका थिए भने कार्यक्रम सञ्चालन प्रेम चन्द्र झाले गरेका थिए ।

फुल्गेन प्रसाद शाहको अध्यक्षतामा २५ सदस्यिय समाजबादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ २ नं प्रदेश समिती गठन गरिएको छ । समितीको उपाध्यक्षहरुमा जितेन्द्र यादव रौतहट, शिला झा धनुषा, शिवनारायण भण्डारी महोत्तरी, रपिन्द्र यादव सिरहा सचिवमा उदय चन्द मिश्र, सह–सचिवमा क्रमशः जगदिश महतो घनुषा, राम विनेद प्र. यादव बारा, सुस्मा राई सिरहा, हविव मन्सुरी धनुषा र कोषाध्यक्षमा शोभा चौधरी पर्सा रहेकी छन् ।

त्यस्तै सदस्यहरुमा जंगबहादुर यादव बारा, जयलाल यादव रौतहट, जिमी यादव सिरहा, शुशिला देवी शर्मा धनुषा, प्रमोद भण्डारी पर्सा, कपिल देव शाह पर्सा , शत्रुधन यादव धनुषा, गर्भू ठाकुर रौतहट, राम नरेश यादव रौतहट मनोज गुप्ता पर्सा, रहेका छन् भने सर्लाही र सप्तरी जिल्लाबाट पछि थपिने जनाइएको छ ।

भेलामा कार्यक्रमकाृ प्रमुख अथिती ािर्टीका अध्यक्ष एवं नेपालल सरकारका जनसंख्या मन्त्री उपेन्द यादवले संघिय समाजवादी फोरम पार्टी गरिब किसान र श्रमजिवी वर्गको पार्टी हो भन्दै उत्पिडीत समुदायको पक्षमा खरो रुपमा उत्रिन आह्वान गरेका छन् । जनवर्गीय संगठन निजर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले अबको विकल्प आफ्नो पार्टी रहेकोमा कुनै आशंका नर्गन र प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकार प्राप्तीको लागि संङघर्ष, गरिरहेको समेत बताएका छन् । त्यस्तै ट्रेड युनियन महासंधका अध्यक्ष नवराज दाहालले अबको ट्रेड युनियन आन्दोलन समाजवादी लोकथतान्त्रिक ट्रेड युनियन महासंघले मात्र हाक्न सक्छ र श्रमजीविको अधिकार स्थापना गर्न सक्ने बताए । कार्यक्रममा महासंघका सहअध्यक्ष जोगिलाल यादवले ट्रेड युनियनको बिषयमा प्रष्ट पारेका थिए भने महासंघका वरिष्ठ उवाध्यक्ष अर्जुन लम्सालले शुभकामना मन्तब्य दिएका छन् ।

सो अवसरमा नेकपा समृद्ध टे्रड युनियन महासंघ जिफन्ट र अन्टुफका सयौ मजदुर नेता तथा कार्यकर्ताहरुलाई टिका तथा माला लगाएर पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका थिए । नव प्रवेशीको तर्फबाट बोल्दै राम नरेश सिंहले अन्य पार्टीका ट्रेड युनियनका नेताले ट्रेड युनियनलाई मागि खाने भाँडोको रुपमा प्रयोग गरेकाले एडडिकोन्टमा प्रवेश गरेको बताए । त्यस्तै अन्टुफबाट प्रवेश गरेको फुल्गेन प्रसाद शाहले समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघले नै अबको ट्रेड युनियनका आन्दोलनको खम्बा हुनेमा कुनै दविधा नरहेको बताएका छन् । सो अवरमा जिफन्ट सँग आबद्ध २ नं प्रदेशमा क्रियाशिल यातायात, अटोमोबाइल्स र काठ तथा समिल मजदुर संगठनको सम्पुर्ण कमिटी समाजवादी लोकतान्त्रिक ट्रेड युनियनमहासंघमा प्रवेश गरेका हुन् ।

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु