Breaking News

वौद्ध प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा कार्यक्रमको थालनी

काठमाडौं – महानगरिय प्रहरी वौद्धले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा कार्यक्रम थालनी गरेको छ । महानगरीय प्रहरी वृत वौद्धले चाडपर्व विशेष सुरक्षा सम्बन्धी अन्र्तत्रिया कार्यक्रम गर्दै यस क्षेत्रमा हुने अपराध र अपराधिक कार्यलाई लक्षित गर्दै विशेष सुरक्षा संचालन गरेको छ ।

कार्यक्रममा महानगरीय प्रहरी प्रमुख बसन्त लामाले जनताको सुरक्षाको लागी प्रहरी कटिबद्ध भएर लाग्नु पर्ने बताएका छन् । प्रमुख लामाले शान्ति सूरक्षाको सवालमा जनता सँगै सहकार्य गरेर प्रहरी अगाडी बढ्नु पर्ने बताएका छन  । प्रहरी जनताको शान्ती सुरक्षा नलागी पैसा र भष्ट्रचार गर्ने तर्फ लागे आफुले सहेर बस्न नसक्ने बताएका  हुन । उनले प्रहरीको संगठनलाई धमिलो पार्ने काम गर्ने जो कोहि प्रहरी कार्वाहिको भागेदारी हुने बताएका छन ।उनले गलत व्याक्त्तीको पछि संगठन नलाग्ने भन्दै त्यस्ता व्याक्तीले सरकार र जनताको तलब खाने अधिकार समेत नहुने बताएका छन् ।

उनले प्रहरी संगठन भित्रै आन्तरिक सुदृढ को समेत जरुरी रहेको औल्याएका छन्, केहि एक दूई जना व्यक्तीका कारण प्रहरी संगठन नै बदनामा हुने स्थिती आएको भन्दै त्यस्ता गलत प्रवृती र मनासाय बाट प्रहरी पहिले मुक्त हुनु पर्नेमा जोड दिएका छन् । प्रमुख लामाले प्रहरीले जनताको विश्वास जितेर जनता सँगै सहकार्य गरी कार्य गर्न समेत निर्देशन दिएका छन् ।उनले केहि दिन भित्रै लागु-औषध,जुवातासका विषयमा विशेष अभियान नै संञ्चालन गर्न लागीएको जानकारी दिएका छन  ।

कार्यक्रममा पुर्व कानुन मन्त्री शेर बहादुर तामाङले कानुन सुधार गर्न जरुरी रहेको बताएका छन् । अपराध नियन्त्रणमा मदिरा बन्देज गरेर होईन त्यसलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउका छन् । शान्ती सरक्षामाको विषयमा नयाँ चौकि खडा गर्नु पर्ने आवश्यक रहेको बताएका छन् । उनले सिन्धुपाल्चोक अपराधको जिल्ला भनेर चित्रित नगर्न पनि आग्रह गरे । अपराधकिो ठाउ र जात विशेष जोडेर हेर्न नहुने कताएका छन् उनले सिन्धुलीलाई मान्छे मात्र नभई पानी पनि आउदै गरेको जिल्लालाई अपराध जिल्ला भनेर बुझ्न नहने बताएका छन् ।

ताामङले बौद्ध गोकर्णेश्वर नगरपालिका लगाएतका ठाँउमा भएका पर्यटकिय स्थललाई पर्यटक मैत्रि बनाई परिचत गर्न समेत आग्रह गरेका छन् । उनले चावहिल जोरपाटी सडक को दुरावस्थाको प्रसंग उठाउदै निमार्ण कम्पनी र ठेकदारले एकै समय धेरै ठेक्का हात पार्ने र काम गर्दा ढिलासुरुती गर्ने प्रवृतीको अन्त्य गर्न अबबा दिनमा एकै चोटी २ वटा ठेक्का बाहेक नदिने र ठेक्का लिएका सम्मपन्न गरेपछि मात्र नयाँ पाउने प्रावधाजनको सुरुवात गर्ने सवालमा संसदमा राखेको भन्दै छिट्टै यसको कार्यन्वयन मा आउने बताए ।

कार्यक्रममा काठमाडौं प्रदेश ३ ख का सांसद रामेश्वर फुयालले शान्ती सुरक्षाको बिषयमा प्रहरीले आफ्नो कर्तव्य र दाहित्व निर्वाह गरेर जनतालाई शान्त सँग बस्न र काम गर्न सक्ने अनुभुती दिलाउन प्रहरी लाग्नु पर्ने बताएका छन् ।उनले सुरक्षा को सवालमा उपत्याकामा मै एकिकृत योजना बनाई अगाडी बढ्नु पर्नेमा जोड दिएका छन् ।


कार्यक्रममा गोकर्णेशवर नगर पालिकाका प्रमुख सन्तोष चालिसेले शान्ती सुरक्षाका सवालमा नगरपालिका भित्र घट्ने र घट्न सक्ने अपराधका बिषयमा वौद्ध प्रहरी र स्थानिय प्रहरीहरु सँग समन्वय गरेर अगाडी बढेको बताएका छन् । प्रमुख चालिसेले नगरपालिका भित्र बढि संवेदनशिल क्षेत्रको अध्यन गरी त्यस्ता ठाँउहरुका सिसि क्यामरा जाढन गर्ने कार्यमा समेत प्रहरी सँग समन्वय गरेको जानकारदिए ।उनले बालुवको समस्याको बिषयका राष्ट्रको निति अनुरुप नै नियम अनुसार संचालन अनुमती दिर्ने बताए । उनले बालुवा ओसार पसारमा ठुला टिप्परहरु नै बन्देज लगाउने कार्य पनि अगाडी बढाएको जानकारी दिए ।उनले मदिरा उत्पादन लगाएत अन्य कार्य को बिकल्प खोज्नु पर्ने भन्दै मदिरा बेचेर दैनिकि चलाउने लागी उनिहरुको बाच्ने आधारको अन्य विकल्प समेत खोज्नु पर्नेमा जोड दिएका थिए ।उनले सहिद पार्क चौरमा रातको समयमा चौर अपराधको गर्ने को अखडा बनदै गएको भन्दै त्यस तर्फ प्रहरीको सक्रिय भुमिका हुनुपर्ने बताए ।


कार्यक्रममा वडा अध्यक्षहरु,नागरिक समाजका सदस्यहरु लगाएतले गोकर्णेश्वर मनोहरा नगरपालिकाको बालुवा उत्खनन् समस्यामा नगरपालिका र सम्वन्धीत निकायको कार्य पारदर्शीता नभएको भन्दै प्रश्न चिन्ह उठाएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण राई ,प्रदेश सांसद रामेश्वर फुयाल,छिरिङ् दोर्जे लााम, काठमाडौैं पहरी प्रमुख बसन्त लामा ,पुर्व कानुन मन्त्री शेरवहादर तामाङ् ,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ,बुढानिलकण्ठ नगरपालिका प्रतिनिधि,काठमाडौं महानगरपालिका ६ वडा प्रतिनिध ,कागेश्वर मनोहरा नगरपालिका उप प्रमुख लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्पुर्ण वक्ता एव्म उपस्थितीले आउदै गरेका चाडपर्वले शान्ती सद्भाव र भातृत्व कायम गरोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु