Breaking News

देशव्यापी संगठन निर्माण गर्दै [SDCOND] मकवानपुरमा

मकवानपुर– संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघको गठन आज मकवानपुरमा सम्पन्न भएको छ ।

संघीय समाजवादी फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोलेको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ नेपालको अध्यक्ष एवम् राजनीतिक समिति सदस्य नवराज दाहालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

उक्त भेला कार्यक्रममा पार्टी केन्द्रिय सदस्य विद्युत बज्राचार्य, कृष्ण कुमार घलान, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल, चितवन जिल्ला अध्यक्ष एवं स. लो. ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम भुजेल, ट्रेड युनियन केन्द्रिय सदस्य बिमला आले मगर, जीफन्ट नेपाल मकवानपुरका अध्यक्ष श्याम श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गङ्गा भट्टराई, स्वतन्त्र निर्माण श्रमिक संघ मकवानपुरका अध्यक्ष सन्त राई लगाएतको आतिथ्यता रहेको थियो भने कार्यक्रम सञ्चालन संघिय समाजवादी फोरम मकवानपुर जिल्ला सचीव नवराज मोक्तानले गरेका थिए ।

राम बहादुर मोक्तान(रमेश)को अध्यक्षतामा २ सदस्यीय थप गर्ने गरि १७ सदस्यीय समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ मकवानपुर गठन गरिएको हो । समितिको उपाध्यक्षमा गङ्गा बहादुर अधिकारी र हरी काफ्ले, सचीवमा बाबु लाल घलान, सह–सचीवमा यमामुल अन्सारी, कोषाध्यक्षमा सानू माया घलान, सह–कोषाध्यक्षमा राजु पटेल सदस्यहरुमा बाबुराम पौड्याल, नरेश शाह, बिरदेश महतो, इस्लाम मिया, मुना माया लामा, साहेद जान, सुखवारी महतो, सुनुमाया मोक्तान लागायतका पदाधिकारीहरु चयन भएका छन् । नवनिर्वाचित कार्यसमितीलाई महासंघका उपाध्यक्ष अर्जुन लम्सालले सपथ ग्रहण गराएका थिए ।

भेलामा कार्यक्रमको प्रमुख अतिथि समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष द्वारा मजदुर तथा श्रमिकहरुको हक अधिकार एवं संविधानमा लेखिएका मजदुर ऐनको बारेमा चर्चा एवम् संशोधन गरिनुपर्ने बुदाहरु माथी स्पस्ट पारेका थिए । जिल्ला समिति मकवानपुरका सदस्य देवराज स्याङ्तानको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम जिल्ला अध्यक्ष तथा कार्यक्रमको सभा अध्यक्ष सुभरत्न गोलेले समापन गरेका थिए । उनले श्रमिक मजदुरहरुको औचित्य र आवश्यकता कति रहेको भन्नेकुराहरु बार्षिक ६ देखि ७ लाख सम्म श्रमको लागि बिदेश पलाएन हुन बाध्य नेपाली युवाहरूले नै प्रष्ट पारेको र राज्य तथा क्रियाशिल मजदुर संगठनहरुले ती युवाहरूको पक्षमा ठोस कदम चाल्न नसकेको अवस्था जीकीर गर्दै अहिलेको अवस्थामा नेपाली श्रमिक मजदुरहरुले समय सापेक्ष प्राविधिक दक्षता र क्षमतामा जोड दिन नसकेको र राज्य पक्ष पनि गम्भीर नभएको आरोप लगाएका छन् ।

यी सबै समस्याहरुको सम्बोधन र समाधान गर्नको निम्ति बैकल्पिक राजनीतिक शक्तिको रुपमा संघीय समाजवादी फोरम नेपाल स्थापीत भएको चर्चा गरेका थिए । उक्त कार्यक्रममा नेकपा, नेपाली काङ्ग्रेस र रास्ट्रिय जनमोर्चा पार्टी परित्याग गरि चालीस जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

वडा समाचारहरु

सम्बन्धित समाचारहरु