Breaking News

श्री बाबा गोकर्णेश्वर यातायात,अटो प्रालीको थप नयाँ रुट विस्तार

काठमाडौं –  संखरापुर नगरपालिका स्थित श्री बाबा,गोकर्णेश्वर यातायात,अटो प्रालीले थप नयाँ रुट विस्तार गरेको छ ।प्रालीले शाखु देखि दक्षिणकाली सम्म थप ३ वटा रुट मार्फत सेवा दिने भएको छ ।
शाखु -चावहिल- कंलकी- बल्खु -दक्षिणकाली एउटा रट , शाखु -चावहिल- रत्नपार्क- बल्खु -दक्षिणकाली दास्रो रुट हनेछ भने शाखु- चावहिल- कोटेश्वर- दक्षिणकाली  तेस्रो रुट हुने श्री बाबा,गोकर्णेश्वर यातायात,अटो प्राली संञ्चालक समितिका अध्यक्ष भिम बहादुर वस्नेत ले जानकारी दिए ।

बस्नेतका अनुसार विगतमा पनि यस यातायात प्रालीले सेवा दिदै आएको जनाउदै थप नयाँ रुटको लागी २४ वटा गाडीले आजबाट सेवा दिन लागेको जानकारी दिए ।
अध्यक्ष वस्नेत ले अहिले सम्म कुनै संध संस्था वा व्यवसायीले यस रुटमा यातायात नराखेको भन्दै यो नितान्त नयाँ रट भएको समेत दावि गरे ।यस सेवा विस्तारबाट स्थिानिय यात्रु महानुभाव पुर्ण रुपमा लाभाम्वित हुने भन्दै यस सेवा विस्तार कार्यमा स्थिानियको समेत साथ र सहयोग रहेको उनको भनाई थियो । बस्नेतले जनताको माग अनुरुप नै यस कार्यको थालनि गरेको बताएका छन् । उनले चालक सहचालकलाई सभ्य,सालिन र सफा भएर यात्रुहरुलाई सेवा दिन समेत निर्देशन दिएको जानकारी दिएका छन् ।

तस्तै संञ्चालक समितिका सचिव रोसन बाबु क्षेष्ठले यस यातायात मा नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप नै गाडिमा सम्पुर्ण आरक्षीत सिट समेत रहेको बताएका छन् ।क्षेष्ठले सवारी चालक तथा सहचालकले कुनै किसिमको लापरवार्हि गरेको खण्डमा तुरुन्त कारवार्हि गरिने समेत बताए ।उनले यस यातायातका कर्मचारीलाई संचय कोष भत्ता विदा लगाएतका सम्पुर्ण अधिकार समेत सुनिश्चत गरेको बताए ।

त्यस्तै स्थानिय बासी श्याम क्षेष्ठले श्री बाबा,गोकर्णश्वर यातायात प्रालीको काम प्रशंसनिय भएको भन्दै सबै स्थानिय बासी खुसी भएको बताएका छन् ।आफ्नै ठाउँबाट काठमाडौंका लगभग सम्पुर्ण स्थानमा गाडी जाने भएपछि दोहोरो गाडी समेत चढ्नु परेन यो त खुसिको कुरा हो उनले भने ।यस यातायात प्रालीको काम प्रति हामी संञ्चालक समिति प्रति धन्यवाद दिन चाहान्छौ उनको भनाई थियो ।

श्री बाबा गोकर्णेश्वर यातायात,अटो प्रालीले आजबाट २४ वटा नयाँ गाडी संञ्चालनमा ल्याएको हो ।आजै एक कार्यक्रम बिच संञ्चालक समितिका अध्यक्ष ,सचिव,लगाएत सम्पुर्णको उपस्थितीमा एक जोडी परेवा उडाई उद्धाटन गरिएको छ ।

कार्यक्रममा अध्यक्ष भिम बहादुर बस्नेत र सचिव रोशनबाबु क्षेष्ठले आउदै गरेको नेपालीहरुको महान चाड बडा दशै ,तिहार र छठ पर्वले यात्रु महानुभाव साथै  सम्पुर्ण देश  विदेशमा रहनु भएका नेपालीलाई एकताको शुत्रमा बाध्ने प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गरेका छन्।

 

 

 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु