Breaking News

विवेकशील साझाले माग्यो ३६ हजार व्यक्तिः यस्तो छ कारण

काठमाडौं – विवेकशील साझा पार्टीले २०७५ साललाई पार्टीको संगठन विस्तार वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।

यसै क्रममा पार्टीले भदौ ३० र ३१ गते राष्ट्रिय उत्प्रेरकको भेला गरेको थियो । त्यो भेलाबाटै आउँदो ३ महिना विवेकशील साझाले पार्टीको सम्पूर्ण शक्ति विशेष संगठन विस्तारमा लगाउने उद्धघोष गरेको थियो।

यसै दौरान असोज ११ गते विवेकशील साझाले काठमाडौं, भक्तपुर अनि ललितपुरका संगठनमा आवद्ध कार्यकर्तालाई संगठन निर्माणको तालिम दिएको छ ।

उद्घाटन सत्रमा बोल्दै पार्टीका संयोजक उज्ज्वल थापाले अब देशमा ३६,१३५ जना इमान भएका अनि ढंग भएका नेतृत्व प्रत्येक वडादेखि सदनसम्म चाहिएको र विवेकशील साझा पार्टीको अबको काम टोल टोलबाट ती नेतृत्व खोज्ने भएको कुरा बताएका छन् ।

कार्यक्रममा पार्टीका अर्का संयोजक रवीन्द्र मिश्रले कार्यक्रमको समापन गर्दै अब विवेकशील साझा पार्टीले संगठन निर्माण गर्दै आउने निर्वाचनमा विवेकशील साझा निर्विकल्प बनाउन पर्ने कुरा राखेका छन् । साथै, उनले विवेकशील नेतृत्वमा हुन पर्ने गुण बारे समेत पार्टीका नेताहरुलाई बताएा थिए । े

वडा समाचारहरु

सम्बन्धित समाचारहरु