Breaking News

नेपालमा शैक्षिक नीति आएकै छैन

काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष तथा विद्या व्यायाम विद्यालयका फाउन्डर प्रिन्सिपल हरिकृष्ण श्रेष्टसंग गोकर्णन्युज पाक्षिकको संम्बाददाता निर्मल कोइरालाबीच भएको कुराकानीको संम्पादित अंशः

आजकल के मा ब्यस्त हुनुहुन्छ ?

म एक प्रधानाध्यापक हुँ । यस हिसाबले ह्र्र्दा बिहानदेखी बेलुकसम्म नै शिक्षाकै क्षेत्रमा लागीपरेको छु । विभिन्न अन्तरक्रिया कार्यक्रम भेटघाट कार्यक्रम लगायतका कार्यहरुमा संलग्न हुनुका साथसाथै कसरी शिक्षालाई अगाडी बढाउने भन्ने जस्ता कार्यक्रममा ब्यस्त हुन्छु । यसका साथसाथै बिहान कलेजमा र दिउसो स्कुलमा बिताईरहेका छु ।

अहिलेको शिक्षा नीतीलाई हजुरले कसरी हेर्नुभएको छ ?

बास्तवमा अहिले शिक्षा नीती ने आएको छैन् । शिक्षा सरकारले नीतीको सवालमा अहिले भर्खरै उच्च स्तरीय शिक्षा आयोगको गठन गरेको छ । यो अहिले २४ सदस्यीय आयोगको गठन गरेको छ । सम्भवतः यो संघिय शिक्षा आयोग संघिय नेपालमा राजनैतिक परिवर्तन भएको छ । नेपाल लोकतान्त्रिक गणतान्त्रीक राज्यमा अगाडी बढिसकेको अवस्था रहेको छ । यसको शिक्षा पद्धती र नीतीको सवालमा कस्तो खालको शिक्षा नीती र ऐनको नियमावली वनाउनु पर्दछ भन्ने कुरामा बहस चलाउनको लागी सबै सुझाबहरु संकलन गरी आयोगले प्रष्ट्र र्पाला यद्धपी हाम्रो शिक्षा निती जुन खालको परम्परा निती हामीले दिदै आएको छौं । अहिलेपनि त्यही मात्राको शिक्षा प्रदान गरेको अवस्था रहेको छ । तर वास्तवमा हुनुपर्ने के हो भने हाम्रोजस्तो गरिब, पिछडिएको, विकाशोन्मुख मूलुकमा हामीले प्रविधिक शिक्षालाई जोड दिदैं लैजानुपछ्र्र । यद्यपी सरकारी विद्यालयमा प्रविधिक शिक्षालाई खोल्ने भन्ने कुरालाई नीतीगत रुपमा विकाश गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्दछ ।

मुलुक अहिले संघियताको अवस्थामा गईसकेको छ । अबको शिक्षा नितीलाई परिवर्तन गर्नुपर्ने अवस्था छ की छैन ?

एकदमै राम्रो प्रश्न सोध्नुभयो । वास्तवमा अहिले जुन शिक्षा नीती जुन ढङ्गले अगाडी बढिरहेको छ । संघिय संरचनाअनुसारको केन्द्रिकृत प्रणालीको देशमा शिक्षा मन्त्रालय ७५ वटा जिल्ला शिक्षा कार्यालयलाई मेकानिजम मार्फत अगाडी बढाउनुपर्ने काम थियो भने बिल्कुलै अहिले नेपालको संविधान २०७२ जारी भईसकेपछाडी अहिले सम्पुर्ण मा वि तहका शिक्षा स्थानीय तहले रेखदेख गर्ने व्यवस्थापन गर्ने संञ्चालन गर्ने जिम्मा पाएको छ । मुलतः फेरीपनि हिजो एउटा परिक्षा नियन्त्रण कार्यलयलाई १० कक्षालाई मा वि को र एसईईको रुपमा दिदै आएको छ । विल्कुलै अहिले संविधानले व्यवस्था गरेअनुसार फरक भएर ८ कक्षा सम्मको परिक्षा स्थानिय तहले सञ्चालन गर्ने १० कक्षा सम्मको एसईई परिक्षा प्रदेश सरकारले सञ्चालन गर्ने र १२ सम्मको एसईसी परिक्षा संघिय सरकारले सञ्चालन गर्ने जुन खालको नीती आएको छ । यसमा पनि एउटा परिर्वितत अवस्थामा प्रगती नै मान्नुपर्छ । सङ्गसङ्गै शिक्षाको मूल रुपमा शिक्षाको विकासबिना देश परिवर्तन र सम्बृद्ध बनाउने कुरालाई कोरा कल्पना मात्र हुन सक्दछ । यसकारण शिक्षालाई जिवन उपयोगी ढङ्गले हामीले व्यवहारीक शिक्षा प्राविधिक शिक्षा र यसखालका शिक्षालाई जोड दिएर सरकारले यस्ता खालका शिक्षालाई अगाडी बढाउनु पर्दछ न की साधनतर्फको शिक्षा मात्र दिएर एउटा बेरोजगार समस्यामात्र निकाल्ने, प्राविधिक शिक्षा बिशुद्ध जगतमा र राष्ट्रिय परिस्थीती अनुसारको उउटा दक्ष जनशक्ती उत्पादन हुने हिसाबले प्राविधिक शिक्षामा जोड दिने तरिकाले बन्नुपर्छ र त्यस्ता खाले शिक्षालयहरु खोल्नु पर्दछ भन्ने कुरा राख्न चाहान्छु ।

शिक्षालाई दिर्घकालिन योजनाका साथ कसरी अगाडी बढाउन सकिन्छ ?

वाश्तवमा हरेक खालका विकाशक्रममा कुनैपनि समाजको विकासक्रममा हामीले अल्पकालिन, दिर्घकालीन रुपमा योजनाहरु नबनाउने हो भने मूलुकले फड्को मार्न सक्दैन् । हामीले निश्चित रुपमा शिक्षालाई पनि तिन तहको तत्काल सुधार गर्नुपर्ने हुन्छ । एउटा (डिटरमिनेसन) गर्ने त्यस्रगरी अल्पकालीन ढङ्गले योजना बनाएर शिक्षाको भईरहेका कमी कमजोरीहरुलाई सच्याउने र विश्व जगतबाट सिकेर त्यस्तो खालको शिक्षा पद्धती अगाडी बढिरहेको छ । त्यस्तै अल्पकालीन खालका नितीहरुलार्य रोजगारीमूलक ढङ्गले विदेशीनु नपर्ने खालका यही खपत हुनसक्ने यहीँ रोजगारी पाउने हिसाबका यहाँ नै सिपहरु सिकाएर यही सिपमार्फत विभिन्न खालका आयआर्जन गर्ने किसिमका तत्काल गर्नुपर्ने काम सङ्गसङ्गै मूलुकलाई अनन्त कालसम्म शिक्षामार्फत कहिलेपनि शिक्षा कमी हुने राष्ट्रिय हिसाबमा बिकासको लागी तमाम खालका विद्यार्थीहरुमा शिक्षा दिने खालका विद्यार्थीहरुलाई घटीमा पनि अनिवार्य रुपमा शिक्षालाई अगाडी बढाउने र उच्च तहसम्मको शिक्षाको पहुँच पुर्याउने काममा सरकार लागी पर्नुपर्छ भन्ने मलाई लागदछ ।

नेपालको संविधानले स्थानिय तहलाई १२ कक्षासम्मको शैक्षिक जिम्मेवारी दिएको छ । यसको बिषयमा तपाँई गोकर्णेश्वर नगरपालिकामा कतीको सन्तोषजनक हुनुहुन्छ ?

वास्तवमा अहिले तपाँईले भन्नुभएको जस्तै स्थानिय तहलाई १२ कक्षासम्मको विद्यालयहरुको रेखदेख सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिएको छ । स्थानीय तहको पाठ्यक्रमलाई अगाडी बढाउन अधिकार दिएको छ । यद्यपी यो व्यवस्था देशभरी रहेको छ । तर अहिले हिजाको संरचनाभन्दा पृथक ढङ्गले पहिला जिल्ला शिक्षा अधिकारीमार्फत जिल्लाभरीका बिद्यालयमा भईरहेका रेखदेख ब्यवस्थापन यसका नियुक्ती सरुवा बढुवा विभिन्न खालका हुन्थे भने आज स्थानिय तहमा आईसकेपछि स्वभाविक रुपमा बिकेन्द्रिकरणको सिद्धान्तले यो कुरालाई ब्यवस्था गर्नसक्यो भने धेरै राम्रो हुन्थ्यो । तर अहिले जे खालका दक्ष जनशक्तीलाई अथवा कर्मचारीका देशभर जे समस्या आईरहेको छ । यसलाई उचित ढङ्गले सम्बोधन गर्नको लागी धेरै समस्मया परेको छ । यसमा गोकर्णेश्वर नगरपालिकामा समस्याहरु धेरै छन् । शिक्षाजस्तो महत्वपूर्ण चिजमा हामीले एउटा सिङ्गो नगरपालीकालाई नै एउटा हबको रुपमा विकास गर्ने विभिन्न योजनाहरु गर्ने र अगाडी बढ्ने पर्थ्यो तर म शिक्षा समितीमा पनि छु तर अहिले गोकर्णेश्वर नगरपालीकामा २–३ सय विद्यालयहरु सञ्चालनमा छन् तर अहिले नियमन गर्ने, प्रत्येक विद्यालयको अवस्था कस्तो छ भनेर जाँचकिय ढङ्गले अगाडी बढाउने र अनुगमन गर्ने काम गर्नलाई समस्या परेको अवस्था छ । अहिले जुन ढङ्गको शिक्षा संघको बिकासमा यस नगरपालीकाले धेरै गर्न सक्थ्यो । तर नगरपालिका स्तरीय ठाँउमा गर्नसक्ने कामपनि यथोचित ढङ्गले अगाडी बढ्न सकेको छैन् । यसलाई हामीले धेरै कुराहरु सोचेर छलफल गरेर यसलाई हामी टुङ्गयाउनुपर्ने जरुरी छ । शिक्षाजस्तो कुरा स्थानीय तहमा आईसकेपछि हामी सिङ्गो गोकर्णबासीहरुलाई कता मोड्ने हो त्यो खालको समाज निर्माण गर्ने भन्ने कुरा नगरपालीकाके जिम्मामा आएको छ । मैले भनिसकें शिक्षाबिना मान्छे अन्धो हुन्छ । बिनाशिक्षा कुनैको पनि समाज सम्यता, संस्कृतीको विकास हुन सक्दैन् । सबैखालका कार्यक्रमहरुलाई योजना बनाएर गर्नुपर्ने धेरै काम छन् तर नगरपालीकामा विभिन्न खाले समस्याले गर्दा शिक्षाको विकास गर्न सकेका छैनौं । भोलीका दिनमा सिङ्गो गोकर्णेश्वर नगरपालिकामा सबैखाले शिक्षा बिद्हरुको भेला राख्नु पर्दछ । यस नगरपालीकामा धेरै भन्दा धेरै विद्हरु रहेका छन् । यी विद्हरुमा अन्तरक्रिया कार्यक्रममा भएको छ । सबैलाई एउटा भेटघाट गराएर सुझावहरु संकलन गरेर आगामी दिनहरुमा कसरी शिक्षालाई अगाडी बढाउने भन्ने कुरामा योजनाका साथ अगाडी बढ्नु पर्दछ भन्ने मलाई लाग्दछ ।

शिक्षामा राजनैतिक अवरोध छ की छैन त ?
डेफीनेट्ली, हामी आज ३० गते बसिरहेका छौं । हिजो मात्र्र नेपाल बन्दका कारणले गर्दा देशभरका शिक्षालयहरु बन्द रहे । वास्तवमा शिक्षालयहरुमा राजनितिको दबदबाका कारण पनि राजनितिक पार्टीहरुको प्रतिबद्धता एउटा र ब्यवहार छुट्टेै रहेको अवस्था छ । यसकारणले गर्दा शिक्षा जे ढङ्गले विकाश हुनुपरथ्यो, देशका नागरिकका छोराछोरीले जसरी शिक्षा ग्रहण गर्नुपर्थ्यो, त्यो कुरामा पनि वाधा व्यवधान खडा गर्ने जुन अन्तरराष्ट्रिय मूल्यमान्यताभन्दा फरक ढङ्गको जस्तै विकशित राष्ट्रहरुमा विद्यालयमा विद्यालयका गाडीहरुलाई एम्बुलेन्ससरह मान्ने शिक्षालयहरु स्वतन्त्र रुपमा मान्ने अवस्था रहेको छ । तर नेपालमा यस्ता कुराहरुलाई कुरामा मात्र राख्ने र ओठे प्रतिबद्धता जनाएको अवस्था रहेको छ । तर विद्यालय शान्ति क्षेत्र भनेर हस्ताक्षर गरेको अवस्था छ तर त्यो कुरा व्यवहारमा कायम नभएको अवस्था छ । यो राजनैतिक दबदबाका कारणले गर्दा पनि शिक्षा विकासमा अवरोधहरु आईरहेका छन् ।

तपाँई शिक्षाजस्तो पवित्र क्षेत्रमा लाग्दै आउनुभएको छ, नेपाली शिक्षालाई सेवाको रुपमा लिईने गरेपनि शिक्षाको नाममा व्यापारीकरण हुने गरेको पाईएको छ की छैन ?
बिल्कुलै, कहिलेकाँही मिडियाहरुमा हामी यस क्षेत्रमा भएका व्यापारका कुराहरु पनि पढ्न, देख्न सक्छौं र यो कुरा आईरहेको पनि छ । यद्यपी २–४ वटा एकाध खालका स्कुलहरुलाई देखाएर सबै स्कुलहरुलाई व्यापारीक हिसाबले हेर्नु दोषी चस्माको रुपमा लिन्छु । सबैलाई हेर्ने एउटै चस्मा हुदैन् । जे गल्ती हो जुन शिक्षालयले बदमासी गरेको छ । धेरै मिडियाहरुमा आएको छ की १९ वटा स्कुललाई भर्खरै कारवाहीको रुपमा ल्याएको छ । फरक खालको नीती नियमभन्दा अगाडी बढेर कारबाही गर्नुपर्छ भन्ने कुरामा कार्यदलले पनि प्रतिवेदन दिएको छ । ती ठुला–ठुला स्कुल र बदमासी गर्ने स्कुलहरुकाकारणले गर्दा देशका दशहजार स्कुललाई एक मुष्ट रुपमा व्यापारीक रुपमा उठाउनु बिल्कुलै जायज हैन त्यसकारण हाम्रो शिक्षा सेवामूलक मात्रै हाईन्, हाम्रो स्वीकृती सञ्चालन पद्धती नै के हो भने यसमा व्यक्तीगत लगानीहरु रहेका हुन्छन् । धेरै मानिसहरु आफ्नो घरजग्गा बन्धकी राखेर सेवा दिनका निम्ती लागेका हुन्छन् । स्वभावीक रुपले यो सेवामुखी व्यवसाय पनि हो । व्यवसायमा लगानी भईसकेपछि प्रतिफल पनि हुन्छ तर त्यो जायज ढङ्गले शिक्षा नीती तथा शिक्षा मन्त्रालय माताहात परिपत्र भएका कुराहरुलाई जे ढङ्गको सम्झौता, सहकार्य नियमहरु रहेको हुन्छ त्यसको अधिनमा रहेर ब्यवसाय गर्न पाउने अधिकार र लगानी भएको हुनाले केही हिसाबमा नाफा कमाउने उद्देश्य हुनु स्वभाविक रहेको हुन्छ । तर यसमा ठुला व्यापारी व्यवसायीहरु आएका छन् । यो बिल्कुलै गलत कुरा हो र गलत हल्लाको पछाडी हामी लाग्नु पनि हुदैन । किनभने यतिबेला मूलुक संघिय संरचनामा गईसकेपनि स्वभाविक रुपमा मानिसहरुले आफनो शिक्षालय, कम्पनि, प्रतिष्ठान खोल्न पाउने अधिकारलाई ग्रहण गरेर त्यही सरकारको नीती नियम भित्र बसेर शिइाालयहरु सञ्चालन भईरहेको छ । यसलाई व्यापार भन्ने होईन की

यसलाई सेवामूखी व्यवसाय हिसाबले राष्ट्रको आवश्यकता पूर्तीको लागी योगदान विद्यालयले गरिरहेको हुनाले निजी विद्यालय जुन ढङ्गले लाल्छना लगाउने गरिन्छ । यसको कारण ती १५–२० वटा विद्यालयहरु हुन् । यो तपाँईहरुमार्फत चिर्न चाहान्छु , यस्तो कुरा होईन् । त्यसकारण यो सेवामुखी व्यवसाय हो । हामीले शिक्षाको बिशुद्ध विकास र यसको विस्तारको लागी राष्ट्रको आवश्यकता पूर्ती गर्ने हिसाबले शिक्षालयहरु सञ्चालन गरेका छौं । न की व्यापारिक हिसाबले ।

मूलुकको विकास र आर्थीक सम्बृद्धिको निम्ती शिक्षाको महत्व के–कस्तो रहेको छ ?
मैले अगी नै भनिसकें, कुनैपनि मूलुकको विस्तारको विकासको लागी फड्को मार्नको लागी शिक्षा बिना यो सम्भव छेन् । त्यसकारणले शिक्षा नै त्यस्तो चिज हो । जो हरेक मान्छेको लागी नभई नहुने र एकदमै नैसर्गिक अधिकारको रुपमा लिने कुरा शिक्षा नै हो । त्यसकारण शिक्षालाई राष्ट्रको यथोचित र वस्तुवादी ढङ्गको आवश्यकतालाई परिपूर्ती गर्ने हिसाबले शिक्षालयहरुलार्य व्यवस्थीत गर्ने र शिक्षालाई त्यही ढङ्गले अगाडी बढ्ने ने हुनुपर्छ । शिक्षाको महत्व यदी हामीले राष्ट्रलाई ग्रहण नगर्ने, त्यसलाई संरचनागत रुपमा विकाश नगर्ने त्यसको पद्धतिसंगत ढङ्गले त्यसलाई विकास नगर्ने हो भने मलाई लाग्छ । यो नारामा मात्र सिमित हुन्छ त्यकारणले गर्दा नारामा भन्दापनि कार्यान्वयनमा ल्याउनु पर्दछ । हामीले प्रत्येक नागरिकलाई शिक्षित बनाउने र देशको लागी र अन्तरराष्ट्रिय जगतमा खपत हुनसक्ने खालका जनशक्ती उत्पादनको लागी त्यस्ता योजनाहरु बनाएर अगाडी बढ्नुपर्छ । त्यसकारण शिक्षाको अत्यन्त महत्वपूर्ण भुमिका रहन्छ ।

नेपालमा शैक्षिक गुणस्तर उकास्न नसक्नुका कारणहरु के–के हुन ?
वास्तवमा शैक्षिक गुणस्तर स्वभाविक रुपमा वृद्धि स्तर राम्रै छ । निजी विद्यालयलाई अझै राष्ट्रको मान प्रतिष्ठा आउने किसिमको र राष्ट्रको एउटा नियमहरु ल्याउन नसक्ने र त्यो जनशक्तीहरु उत्पादनमा विद्यार्थीलाई त्यो ठाँउमा पुर्याउने कुरामा विभिनन कार्यक्रममार्फत प्रतिस्पर्धामा हासिल गर्ने किसिमले योगदान पुर्याएका छन् । तैपनि विशेषत जति खालका राष्ट्रले लगानी शिक्षामा गरेको छ । यसलाई यथोचित ढङ्गले व्यवस्थापन नहुँदा शिक्षामा यस्ता खालका बेथितीहरु आएर भनेजस्तो गुणस्तर उत्पादन गर्न सकेको छैन् । जनताको करबाट सरकारी विद्यालयहरुमा यति ठुलो खर्बौको लगानी भएको छ । तर यो ठुलो पैसा जुन ढङ्गले व्यवस्थापनका साथ अगाडी बढ्नुपर्ने थियो । त्यहाँका ब्यवस्थापकिय र अन्य हिसाबले त्यो स्तर निर्धारण हुनुपर्ने थियो । त्यो भएको छैन् । हामीले देखिरहेका छौं की हामीले एउटा कडीको रुपमा लिने एसईई परिक्षा प्लस २ का परिक्षाहरुमा हामीले देख्छौं । हरेक ठाँउमा नीजी विद्यालयहरुले उत्कृष्ट नतिजाहरु आईरहेको छ भने सरकारी स्कुलहरुमा यद्यमी कम विद्यार्थीहरु उत्रिर्ण हुने अधिकाशं विद्यार्थीहरुको जीपीए कम आउने जे खालको स्तर छ । यसलाई राम्रो त मान्न सकिन्न तैपनि अब राष्ट्रले चाह्यो भने शिक्षाजस्तो पवित्र ठाँउमा पनि राजनैतिक दबदबाका कारणले पनि शिक्षाको स्तरमा सुधार नआएको हो की भन्ने मलार्य लाग्छ । त्यसकारण नेपाल सरकारले तत्कालै के गर्नुपर्छ भने हामीले चाहेको जस्तो जनशक्ती उत्पादन गर्न विद्यालयलाई राजनैतिकरणको नहुनेगरी शिक्षालयलाई विकाश गर्नु पर्दछ । राजनिति गर्ने हो भने त्यस्ता शिक्षकहरुलाई बिदाई गर्नु पर्दछ । पवित्रताका साथ आफ्नो काम पुरा गरेर म यो द्शको नागरिक हँु, मैले सरकारले दिएको राष्ट्रको लागी मैले जुन ढङ्गबाट जिम्मेवारी लिएको छु । त्यो दायीत्वलाई पुरा गर्नु पर्दछ भन्ने खालको बोध हुने शिक्षकहरुलाई त्यही विद्यालयमा मात्र शिक्षा दिने पद्धतिलाई अगाडी बढाएर लेजानुपर्छ भन्ने मलाई लाग्छ । अहिले भएका कमी कमजोरीहरुलाई न्युनिकरण गर्दै संरचनागत रुपमा व्यवस्थापकिय र अहिलेको शिक्षण प्रणली छ । त्यसलाई सुधार गर्न सकिन्छ जस्तो मलाई लाग्छ ।

तपाँईले भन्नुभएको थियो की निजी क्षेत्रका विद्यालयहरुले राम्रो नतिजा ल्याएका छन् र सरकारी विद्यालयहरुले राम्रो नतिजा ल्याउन नसक्नुका कारणहरु के–के हुन ?

मुलतः कुनैपनि संस्था सञ्चालन, उन्नती, प्रगती हुनको लागी त्यहाँ व्यवस्थापनको महत्वपूर्ण भुमिका रहेको हुन्छ । निजी विद्यालयहरुमा व्यवस्थापकिय र प्रशाासनिक कामहरु चुस्त दुरुस्त र त्यहाँको काम, चेन अफ कमान्डको रुपमा त्यहाँ पद्धतिसङ्गत ढङ्गले विकास गरेको पाउछौं भने सरकारी विद्यालयहरुमा विभिन्न खालका राजनैतिका कारणले त्यहाँ म्यानेजमेन्ट कमीटी गठन गर्दा पनि राजनैतिक दबदबा हुने राजनैतिक झुण्डहरु त्यहाँ हाबी हुने लगायतका सरकारी विद्यालयप्रतिको दृष्टिकोण थियो । जहाँ जनताका छोराछोरीहरु पढ्दा सर्वसुलभ ढङ्गले पढ्न पर्ने ठाँउमा त्यहाँको संकटले गर्दा त्यो विद्यालयहरुमा विद्यार्थीहरु पढ्ने अवस्था छैन् । पढ्नै नसक्ने अवस्थाका कमजोर विद्यार्थीहरु मात्रै त्यो ठाँउमा पढेको अवस्था छ भने । त्यो ठाँउमा अनेक खालका शिक्षा व्यवस्थापन प्रणालीहरु जस्तैः हाम्रा विद्यार्थीहरुलाई विभिन्न किसिमका कक्षाहरु लिएर, रेखदेख गरेर हामीले हरेक खालमा मूल्याङ्कन पद्धितिसँग आबद्ध भएर व्यवस्थापकिय कामहरु अगाडी बढाउछौं । त्यस्तो खालको प्रणालीहरु सरकारी विद्यालयहरुमा विकशित भईसकेको अवस्था छैन् । त्यसकारण त्यहाँको पढाइृको स्तर, बुझाईको स्तर नभएको र शिक्षकहरु अनुभवी भएपनि हेलचकर्याई भएको कारणले गर्दा जिम्मेवारी बहनमा पनि हेलचकर्याईको कारणले गर्दा त्यस्तो खालको नतिजाहरु आईरहेको सन्दर्भ छ । त्यसलाई परिवर्तन गर्न सकिन्छ । तर यो हुनका कारण यी नै हुन् तर आफुले लिएको जिम्मेवारी बहन गर्न नसक्नु दायित्वबाट पन्छिनु यस्ता विभिन्न खालका कामहरुका कारण व्यवस्थापनमा भएका राजनैतिक हस्तक्षेप र शिक्षक सरुवा बढुवा विभिन्न कारणले हुने कारणले गर्दा त्यहाँ सरकारी स्कुलमा शिक्षा दिने कुराहरुमा कमजोरी भउको कारणले त्यहाँका नतिजाहरु कम आएको र निजी विद्यालयको राम्रो नतिजा आएको हो ।

छोटकरीमा हाम्रा पाठकहरुलाई केही भन्न चाहनुहुन्छ ?

वास्तवमा आज म यो गोकर्ण न्युजमार्फत हाम्रा पाठकहरुलाई के भन्न चाहान्छु भने हामीले अहिले जे खालका राष्ट्रिय शिक्षा आयोग उच्चस्तर गठन भएको छ र सुझाव दिने क्रम जारी छ । यी तमाम खालका देशभरीका म शिक्षाका आदरणीय व्यक्तित्वहरुलाई म सुझवहरुमा ध्यानाकर्षण होस । नेपालमा कस्ता खाका नीती बनाउनुपर्छ ? त्यो कुरामा आफसँग भैको अनुभव, शिक्षालाई त्यो ठाँउमा सुझावको रुपमा लिनुपर्छ । र यो क्षेत्रमा लाग्ने सम्पूर्ण सबैलाई उन्नती प्रगतिको शुभकामना दिन चाहान्छु । बिशेषत बिद्या ब्यायम स्कुलमा अहिले हामी बसेका छौं । यसको ३४ वर्षदेखीको इतिहासको क्षेत्रमा विद्यार्थीको उन्नत भविष्यका लागी हामी क्रियाशिल भएका छौं । यसकारण तमाम अभिभावकहरुलाई पनि भोलीका दिनमा विद्याब्यायम स्कुलमा भिजिट गर्न र शिक्षा प्रणालीलाई हेरेर आफ्ना बालबालीकाको उज्वल भविष्यको लागी सम्पर्क गरिदिनुहुन हार्दीक अनुरोध गर्दछु । तपाँईको पत्रिकामार्फत मैले जे ढङ्गले विचार राख्न पाएको छु । तपाँईहरुलाई पनि म हार्दीक धन्यबाद ज्ञापन गर्न चाहान्छु । गोकर्ण न्युज पाक्षिक पत्रिकाबाट साभार 

वडा समाचारहरु

सम्बन्धित समाचारहरु